०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

दाङको ग्वारखोलामा अख्तियारको अनुगमन एवंम छानबिन

Logo
प्रकाशित बिहिबार, जेठ २९, २०७७

एबिसी संचार
दाङ तुलसीपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजको टोलीले दाङको ग्वारखोलामा अनुगमन गरेको छ । मापदण्ड विपरित ग्वारखोलाबाट ढुङ्गा, गिट्टी र बालुवाको उत्खन्न भइरेहेको भन्ने खबरका आधारमा अनुगमन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज सम्पर्क कार्यालयका प्रमुख गणेश गैरले बताए ।
जिल्ला समन्वय समिति दाङले ग्वारखोलामा अनुगमन गरेको भोलीपल्ट अख्तियारको टोलीले अनुगमन गरेको हो । जिल्ला समन्वय समितिले सोमबार अनुगमण गरेको थियो ।
यस्तै अख्तियारको टोलीले तुलसीपुर उपमहागनरपालिकाको राजश्व तथा प्रशासन शाखाबाट आईइइ रिपोर्ट समेत लगेको छ । तुलसीपुर उपमहानगरपालिकाले ग्वारखोलाका विभिन्न ९ स्थानमा आईइइ गरेर ढुङ्गाजन्य वस्तु उत्खन्नका लागि अनुमति दिएको राजश्व तथा प्रशासन शाखा प्रमुख ललित घर्तीले जानकारी दिए ।
यस्तै अख्तियार नेपालगंजका प्रमुख गणेश गैरेले उजुरीका आधारमा अध्यननका लागि आईइइ फाईल झिकाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

काठमाडौं । भारतको कुख्यात कमाठीपुरा रेडलाइट एरियाबाट उद्धार गरिएका १२८ जना नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड सुपरस्टार सुनील सेट्टीको महत्वपूर्ण भूमिका रहेको तथ्य २९ वर्षपछि सार्वजनिक भएको छ। शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार सन् १९९६ फेब्रुअरीमा भारतको महाराष्ट्र प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मारेर ४५६ महिलाको उद्धार गरेको थियो। तीमध्ये सयभन्दा बढी नेपाली महिलाहरू थिए। […]

error: Content is protected !!