२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पत्रकार प्रियासन माथि भएको दुर्व्यहारप्रति राष्ट्रिय अनलाईन पत्रकार संघको भ्रत्सना

Logo
प्रकाशित शुक्रबार, जेठ ३०, २०७७

एबिसी संचार
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनमाथि भएको दुव्र्यवहारको घटनाप्रति राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेशले भ्रत्सना गरेको छ ।
दाङ घोराही १४ शहिद लखनपार्क नजिक स्थानीयले सिमेन्ट कारखानाका टिप्पर रोकेको सन्दर्भमा सहजीकरणका लागि बोलाएर घोराही १५ न्युरोड निवासी साजन भण्डारी लगायत केही समूहले दुव्र्यवहार गरेको घटनाप्रति राष्ट्रिय अनलाईन पत्रकार संघले ध्यानाकर्षण भएको जनाएको छ ।
असहमतिका कुरा आपसी छलफलबाटै समाधान गर्न सकिने हुँदाहुँदै सहजीकरणका लागि बोलाएर पत्रकार प्रियासनमाथि गरिएको दुव्र्यवहार सिंगो पत्रकार र सञ्चार जगतमाथि दुव्र्यवहार भएको छ ।
राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेशका उपाध्यक्ष सागर थापाले विज्ञप्ती जारी गरेर छलफलका क्रममा पत्रकारको चरित्र हत्या गर्ने र सञ्चार जगतमाथि नै आँच आउने खालको दुव्र्यवहार गर्नेहरुमाथि तत्काल कारवाहीका लागि दाङ प्रहरीसंग माग गर्नुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]