२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पत्रकार प्रियासन माथि भएको दुर्व्यहारप्रति राष्ट्रिय अनलाईन पत्रकार संघको भ्रत्सना

Logo
प्रकाशित शुक्रबार, जेठ ३०, २०७७

एबिसी संचार
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनमाथि भएको दुव्र्यवहारको घटनाप्रति राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेशले भ्रत्सना गरेको छ ।
दाङ घोराही १४ शहिद लखनपार्क नजिक स्थानीयले सिमेन्ट कारखानाका टिप्पर रोकेको सन्दर्भमा सहजीकरणका लागि बोलाएर घोराही १५ न्युरोड निवासी साजन भण्डारी लगायत केही समूहले दुव्र्यवहार गरेको घटनाप्रति राष्ट्रिय अनलाईन पत्रकार संघले ध्यानाकर्षण भएको जनाएको छ ।
असहमतिका कुरा आपसी छलफलबाटै समाधान गर्न सकिने हुँदाहुँदै सहजीकरणका लागि बोलाएर पत्रकार प्रियासनमाथि गरिएको दुव्र्यवहार सिंगो पत्रकार र सञ्चार जगतमाथि दुव्र्यवहार भएको छ ।
राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेशका उपाध्यक्ष सागर थापाले विज्ञप्ती जारी गरेर छलफलका क्रममा पत्रकारको चरित्र हत्या गर्ने र सञ्चार जगतमाथि नै आँच आउने खालको दुव्र्यवहार गर्नेहरुमाथि तत्काल कारवाहीका लागि दाङ प्रहरीसंग माग गर्नुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!