३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

झण्डै छ लाख बराबर अवैध मालसामान इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा नष्ट

Logo
प्रकाशित शुक्रबार, जेठ ३०, २०७७

अजय मिश्र, कृष्णनगर ,३० जेठ
लकडाउनको मौका छोपी कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणी सिमावर्ती क्षेत्र इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत क्षेत्रमा भन्सार छलि गरि लैजादा वरामद गरिएको समान इ. प्र. का. कृष्णनगरको भवन पछाडिको प्रांगण मा जलाएर नष्ट गरिएको छ ।
औषधी ,रक्सी , गुटखा लगायत समान रहेको जस्को अनुमति मुल्य पांच लाख अस्सी हजार रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ. यस अघि पनि इलाका प्रहरी कार्यालय कृष्णनगर ले अवैध रूपमा ल्याईएको समान विभिन्न समयमा समेत नष्ट गरि सकेको छ।
भन्सार चुहावट रोक्न आफूहरू सधै तत्पर रहेको जनता लाई सुरक्षा को अनुभूति दिई देश र जनता को सुरक्षा दिनु नै हाम्रो कर्तव्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए ।
तस्करहरूले तस्करी गराउनको लागि बालबालिका,महिला समेत प्रयोग गरिरहेका छन् । प्रहरीलाई देखेपछि तस्कर मालसामान फालेर फरार भएका थिए ।
सकृय बन्दै गएकाे प्रहरी सुराकिकाे आधारमा खटिएकाे गस्तीटाेलीले उक्त मालसामान नियन्त्रणमा लिन सफल भएका हुन ।
नियन्त्रणमा लिइएकाे मालसामान स्थानिय भद्र भलादमी, पत्रकार, सुरक्षाकर्मी, कृष्णनगर नगरपालिका प्रतिनिधि,
हरूको राेहबरमा राखी उक्त माल समान नष्ट गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!