०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

बिकास निर्माणको नाममा नदिजन्यको उत्खनन जिससको पत्रकार सम्मेलन

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

एबिसी संचार दाङ जिल्लाको विभिन्न खोला तथा नदिहरुमा उत्खनन् क्षेत्रमा चार किल्ला समेत निर्धारण नगरि हचुवाको भरमा मापदण्ड विपरित ढुंगाजन्य बस्तुहरुको उत्खनन् गरिएको पाईएको हो ।
जिल्ला समन्वय समिति दाङले घोराहीमा पत्रकार सम्मेलन गरि खोला तथा नदिहरुबाट मापदण्ड विपरित उत्खनन् भएका ढुंगाजन्य बस्तुहरु निर्माण कार्यमा नभई क्रसर उद्योगमा लगेको फेला परेको जनाएको छ । समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, बबई, दंगिशरण, राप्ती र गढवा गाउँपालिकाका विभिन्न खोलाहरुमा अबैधरुपमा उत्खनन्, निकासी र मनपरि मेसिनरी यन्त्रहरुको प्रयोग भएको जानकारी दिए ।
त्यसैगरी, घोराही तुलसीपुर फोर लेन सडकमा प्रयोग हुने ग्राभेल ग्वारखोलाबाट उत्खनन् गरि सम्बन्धित निर्माण कार्यमा प्रयोग नगरि क्रसर उद्योगमा लगेको र बाताबरणिय प्रभाव मूल्याङकन नगरिएको क्षेत्रबाट उत्खनन् गरेको पाईएको उनले जानकारी दिए । साथै ढुंगाजन्य बस्तुहरुको उत्खनन् र निकासीका लागि स्थानिय तहहरुलाई जिम्मा दिए पनि अपेक्षा अनुसार काम गर्न नसकेको अनुगमनबाट फेला परेको समन्वय समितिले जनाएको छ ।
विकास निर्माणको काम भनेर अनुमती लिने तर क्रसर उद्योगमा पु¥याउने र जथाभावीरुपमा उत्खनन् गर्ने गरेको उपप्रमुख पौडेलले बताए । यसैविच समन्वय समितिले आगामी असार १ गते देखी असोज १ गते सम्मका लागि दाङमा नदिजन्य पदार्थको उत्खनन र निकासी पूर्णरुपमा रोक लगाईएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साथै कोरोना संक्रमणका कारण पूर्वाधार विकासका कामहरु प्रभावकारीरुपले अघि बढ्न नसकेको समेत निष्कर्ष निकालेको छ ।
यसैगरी, स्थानिय तहहरुले कोरोना संक्रमण रोकथाम र राहतको कामलाई प्रभावकारी ढंगले अघि बढाएको समेत समितिले जनाएको छ । पत्रकार सम्मेलनमा समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले नदिजन्य बस्तुहरुको सहि ढंगले उत्खनन् र प्रयोगमा ल्याउन स्थानिय तहहरुले नै अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बताए । पहुँच हुनेहरु नै नदिजन्य बस्तुहरुको दोहनमा सकृय रहेको भन्दै उहाँले मनपरि भैरहेको उत्खनन्लाई रोक्न स्थानिय तहहरुलाई निर्देशन दिएको समेत उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!