२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

फेसबुकमा अध्यक्ष प्रियाशनको चरित्र हत्या गर्ने भट्टराई पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

एबिसी संचार
दाङमा सामाजिक सञ्जालको प्रयोग गरेर थुप्रै ब्यक्तिहरुको चरित्र हत्या गर्दै आएका घोराही ६ सौडियारका निशान दाजु भट्टराई अहिले दाङ प्रहरीको नियन्त्रणमा छन । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको चरित्र हत्या गर्दै फेसबुकमा असत्य, भ्रामक र कपोलकल्पित विषयहरु उल्लेख गरेको भन्दै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनले भट्टराई विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धा दर्ता भएको छ । प्रहरीले शुक्रबार बेलुका नै भट्टराईलाई नियन्त्रणमा लिएको थियो । बेलुका भट्टराईलाई शनिबार विहान ८ बजे उपस्थित गराउने सर्तमा छोडीएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काको अनुसार उनी अहिले जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र मुद्धाको प्रक्रिया अगाडी बढेको जानकारी दिए ।
घोराही उपमहानगरपालिका वडा नं. १४ लखनपार्क नजिकै विहिबार बेलुका भएको स्थानीयको आन्दोलनको बार्ताका लागि मध्यस्तकर्ताको रुपमा उपस्थित भएका नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन माथिको दुव्र्यवहारका विषयमा भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा चरित्र हत्या गरेका थिए । पत्रकार महासंघका अध्यक्ष प्रियासन सहित विभिन्न पत्रकारहरु, व्यवसायी, नेतादेखि जनप्रतिनिधिहरुको चरित्रमाथि पटक पटक लाञ्छना लगाउदै आएका भट्टराई दाङमा बदनामको पात्र हुन् ।
उनले केहि समय अगाडी एउटा अनलाईन न्यूज पोर्टल सञ्चालन गर्दै आएका थिए । त्यसको आधारमा आफुलाई पत्रकारको रुपमा चिनाउने र बार्गेनिङ गर्दै आएका भट्टराईको त्यो अनलाईन समेत बन्द अवस्थामा छ । अनलाईनको प्रयोग गरेर गैरकानुनी गतिविधि गरेको उजुरीको आधारमा नेपाल सरकारको सुचना विभागले अनलाईन बन्द गराएपछि भट्टराईले फेसबुक मार्फत विभिन्न ब्यक्तिको चरित्र हत्या गर्दै आएका छन् । दाङखबरबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!