२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थाले पछी

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

एबिसी संचार
मेलम्ची सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकाका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् ।
स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९ सङ्क्रमणको खतरा हुने जनाउँदै उनीहरुले कोरोना बीमा धमाधम गर्न थालेका हुन् । गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको व्यक्तिगत खर्चमा यहाँका ५७ जनप्रतिनिधि तथा गाउँपालिकाको कोरोना कोषबाट ७२ कर्मचारीको रु एक लाखको कोरोना बीमा गराएको गाउँपालिकाले जनाएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि र कर्मचारीको मनोबल उच्च बनाइराख्न उनीहरुको बीमा गरेको अध्यक्ष तामाङले बताउनुभयो ।
आइएमई जनरल इन्स्योरेन्समा कर्मचारी र जनप्रतिनिधि गरी १२९ जनाको रु एक लाखबराबरको एक वर्ष अवधिको बीमा गरेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो । वडा नं १० का जनप्रतिनिधिको भने वडाध्यक्ष जीवन थापामगरले बीमा गरिसक्नुभएको छ ।
खानेपानी योजना सम्पन्न गर्न समस्या
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण सिन्धुपाल्चोकको विकास निर्माणको कार्यमा प्रत्यक्ष असर परेको छ ।
बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको प्रभावित क्षेत्रमा बन्दाबन्दीका कारण यो आर्थिक वर्षमा सम्पन्न हुने खानेपानी योजनाका काम प्रभावित भएको हो । खानेपानी मन्त्रालयले यस क्षेत्रको खानेपानीको सहज आपूर्तिका लागि चालू आवमा मात्रै रु ६ करोडभन्दा बढी रकम विनियोजन गरेको थियो । खानेपानी मन्त्री बीना मगरसँग पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले यस क्षेत्रका स्थानीयवासीको खानेपानी आपूर्ति सहज बनाएरमात्रै मेलम्चीलाई काठमाडौँ लैजानका लागि आग्रह गर्नुभएकोे थियो ।
खानेपानी मन्त्रालयबाट मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा गत वर्ष मेलम्ची खानेपानी आयोजनामार्फत ६३ वटा आयोजनाको डिपिआर सम्पन्न भई २४ वटा आयोजना शुरु भएको छ । तर बन्दाबन्दीका कारण उक्त योजना सम्पन्न हुन ढिलाइ भएको सांसद शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडाका कामु आयोजना प्रमुख मोहनलाल जैसीले प्रभावित क्षेत्रका आयोजनालाई उच्च प्राथमिकतामा राखिएकाले सकेसम्म समयमै सम्पन्न गरिने जानकारी दिनुभयो । प्रभावित क्षेत्रका ४९ आयोजनामध्ये पुराना र नयाँ गरी करिब २० आयोजनाको सम्झौता सम्पन्न भएका र बाँकी आयोजनाका लागि पाइप र फिटिङ्सको बोलपत्र प्रक्रियामा गएको छ ।
मेलम्ची खानेपानी प्रभावित क्षेत्रमा आगामी वर्षका लागि ९० भन्दा बढी खानेपानी योजना प्रस्ताव गरिएको र सन् २०२२ सम्ममा प्रभावित क्षेत्रमा गुणस्तरीय खानेपानी वितरण कार्य सम्पन्न गर्न पहल भइरहेको सांसद तामाङले बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!