२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थाले पछी

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

एबिसी संचार
मेलम्ची सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकाका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् ।
स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९ सङ्क्रमणको खतरा हुने जनाउँदै उनीहरुले कोरोना बीमा धमाधम गर्न थालेका हुन् । गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको व्यक्तिगत खर्चमा यहाँका ५७ जनप्रतिनिधि तथा गाउँपालिकाको कोरोना कोषबाट ७२ कर्मचारीको रु एक लाखको कोरोना बीमा गराएको गाउँपालिकाले जनाएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि र कर्मचारीको मनोबल उच्च बनाइराख्न उनीहरुको बीमा गरेको अध्यक्ष तामाङले बताउनुभयो ।
आइएमई जनरल इन्स्योरेन्समा कर्मचारी र जनप्रतिनिधि गरी १२९ जनाको रु एक लाखबराबरको एक वर्ष अवधिको बीमा गरेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो । वडा नं १० का जनप्रतिनिधिको भने वडाध्यक्ष जीवन थापामगरले बीमा गरिसक्नुभएको छ ।
खानेपानी योजना सम्पन्न गर्न समस्या
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण सिन्धुपाल्चोकको विकास निर्माणको कार्यमा प्रत्यक्ष असर परेको छ ।
बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको प्रभावित क्षेत्रमा बन्दाबन्दीका कारण यो आर्थिक वर्षमा सम्पन्न हुने खानेपानी योजनाका काम प्रभावित भएको हो । खानेपानी मन्त्रालयले यस क्षेत्रको खानेपानीको सहज आपूर्तिका लागि चालू आवमा मात्रै रु ६ करोडभन्दा बढी रकम विनियोजन गरेको थियो । खानेपानी मन्त्री बीना मगरसँग पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले यस क्षेत्रका स्थानीयवासीको खानेपानी आपूर्ति सहज बनाएरमात्रै मेलम्चीलाई काठमाडौँ लैजानका लागि आग्रह गर्नुभएकोे थियो ।
खानेपानी मन्त्रालयबाट मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा गत वर्ष मेलम्ची खानेपानी आयोजनामार्फत ६३ वटा आयोजनाको डिपिआर सम्पन्न भई २४ वटा आयोजना शुरु भएको छ । तर बन्दाबन्दीका कारण उक्त योजना सम्पन्न हुन ढिलाइ भएको सांसद शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडाका कामु आयोजना प्रमुख मोहनलाल जैसीले प्रभावित क्षेत्रका आयोजनालाई उच्च प्राथमिकतामा राखिएकाले सकेसम्म समयमै सम्पन्न गरिने जानकारी दिनुभयो । प्रभावित क्षेत्रका ४९ आयोजनामध्ये पुराना र नयाँ गरी करिब २० आयोजनाको सम्झौता सम्पन्न भएका र बाँकी आयोजनाका लागि पाइप र फिटिङ्सको बोलपत्र प्रक्रियामा गएको छ ।
मेलम्ची खानेपानी प्रभावित क्षेत्रमा आगामी वर्षका लागि ९० भन्दा बढी खानेपानी योजना प्रस्ताव गरिएको र सन् २०२२ सम्ममा प्रभावित क्षेत्रमा गुणस्तरीय खानेपानी वितरण कार्य सम्पन्न गर्न पहल भइरहेको सांसद तामाङले बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!