०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

बर्दियामा भारतीय नागरिकद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण

Logo
प्रकाशित आइतबार, जेठ ३२, २०७७

महेन्द्र सिंह
बाँके सीमावर्ती भारत बहराइच जिल्लाको भादापुरुवाबाट आएका ३/४ जना भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । जबरजस्ती बर्दिया पस्न खोजेपछि उनीहरुलाई रोक्न खोज्दा सशस्त्रमाथि आक्रमण गरेका हुन् ।
हतियार बिना तैनाथ सशस्त्र प्रहरीले शनिबार दिउँसो खर्बुजा लिन नेपाल छिरेका भारतीयलाई नसोधेर किन नेपाल पसेको भन्दै सोधपुछ गर्दा विवाद भएको थियो ।
गुलरिया नगरपालिका—८ को ५७ नम्बर पिलर नजिक भारतीय नागरिकले त्यहाँ तैनाथ दुई जना सशस्त्र प्रहरीलाई दुर्व्यवहार गर्न थालेपछि स्थिती तनाव भएको थियो । सीमा नजिक रहेको भारतीय गाउँ भादापुरुवाबाट पनि करिब २० जनाले लाठी लिएर नेपाली सीमाभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए ।
खेतमा काम गरिरहेका स्थानीयले प्रतिवाद गरि भारतीयलाई त्यहाँबाट लखेटेर भारत पठाएका थिए ।
घटना लगतै थप सुरक्षा बल घटनास्थलतर्फ गएका छन् । एसएसबी पनि तत्काल सीमा क्षेत्रमा आएर स्थिती मत्थर पारेको छ । सशस्त्र प्रहरी उपरीक्षक यादव विकले भारतीय सुरक्षा बल एसएसबीले दुर्व्यवहार गर्ने भारतीय नागरिकमाथि कारबाही गरिने जानकारी दिएको बताए।कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]

error: Content is protected !!