३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

प्रहरीले अबैधरुपमा बालुवा चोरी निकासी गर्ने ९ जनालाई मुद्दा

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

महेन्द्र सिंह
बाँके प्रहरीले ९ जनामाथि मुद्दा चलाएको छ । ट्रयाक्टरमा अबैधरुपमा बालुवा चोरी निकासी गरि ल्याउदै गरेका चालकसहित ९ जनामाथि मुद्दा चलाएको हो ।
बाँके डुडुवा गाउँपालिका वडा नम्बर–४ को बाटो हुदै केही मानिसहरु अवैध बालुवा चोरी निकासी गरेको भन्ने सूचनाको आधारमा बाँके प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बाँके प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
आईतबार बिहान १ बजे बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ साहपुर्वाबाट बालुवा चोरी निकासी गरि ल्याउदै गरेका ट्रयाक्टर चालक सहित ९ जनालाई नियन्त्रणमा लिदाँ सुरक्षाकर्मीमाथि उनीहरुले अभद्र ब्यवहार गरेका थिए ।
साहपुर्वाबाट भे १ त ४५८, भे १ त ५२७० र भे १ त ८१५७ नम्बरको ट्रयाक्टरमा अवैधरुमा बालुवा चोरी निकासी गरि ल्याउँदै गरेको बालुवासहित ट्रयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके अन्र्तगतका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक हृदेश सापकोटाले बताए ।
उनका अनुसार ती ब्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि बाँके प्रहरीले उनीहरुलाई अभद्र ब्यवहार कुसुरमा अनुसन्धान गरि मुद्दा चलाएको हो ।
यद्यपी बाँके प्रहरीले तीनवटा ट्रयाक्टरका चालक र थप ६ जना गरि ९ जनालाई नियन्त्रणमा राखेकोछ । नियन्त्रणमा लिइएको ट्रयाक्टर तथा बालुवालाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति बाँकेमा बुझाइएकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!