०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

कैलाली नदिमा डल्फिनहरु देखिए

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

एबिसी संचार
काठमाडौं कैलालीका नदिमा डल्फिनहरु देखिन थालेकाछन् । कैलालीको मोहना, पथरैया र काँडा नदीमा यतिबेला विश्वकै दुर्लभ स्तनधारी ग्यांगेटिक जातका डल्फिन देखिन थालेका हुन् ।
एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्न मन पराउने डल्फिन भारतको घाघरा नदी हुँदै नेपाल आउने गर्छन् । अन्य वर्षमा असार दोश्रो, तेश्रो सातादेखि आउने गरेको भए पनि यस वर्ष जेठ मसान्तमै उक्त नदिको तटियक्षेत्रमा देखिन थालेका हुन् । यसवर्ष सो क्षेत्रमा समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएको डल्फिन संरक्षण उपकेन्द्र ढुगांना टोलका अध्यक्ष भोजराज ढुंगाना बताँउछन् ।
उनका अनुसार असारदेखि असोजको महिनासम्म यसक्षेत्रका मोहना, पथरैया र काँडा नदीमा डल्फिन सजिलै देख्न सकिन्छ । हिजो शनिबार दिउँसो मोहना र पथरैया नदीको दोभान क्षेत्रमा दुई वटा डल्फिन देखा परेको डल्फिन संरक्षण उपकेन्द्र अध्यक्ष ढुंगानाले बताए ।
खाली आँखाले समेत नजिकै डल्फिन हेर्न सकिने हुनाले मोहना, पथरैया र काँडा नदीको दोभानमा डल्फिन हेर्न वर्षायाम विदेशी तथा नेपाली पर्यट आउने गरेको ढुङ्गानाले बताए ।
डल्फिन हेर्न मोहना, पथरैया र काँडा नदीको दोभानमा विदेशी तथा नेपाली पर्यट आउने गरेका छन् । यी नदीमा डल्फिन हेर्न नेपाली पर्यटक लगायत अमेरिका, इंगल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रान्स, भारतबाट वर्षायाममा पर्यटक आउने गर्छन ।
भारतको घाँघरा नदी हुँदै मोहना, पथरैया र काँडा नदीमा वर्षेनी वर्षाद्को समयमा डल्फिन आइपुग्ने स्थानीय बताउँछन् । विश्वबाटै दुलर्भ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि स्थानीय जुट्दै आएका छन् ।
स्थानीयले मान्छा भन्दै मारेर खाने गरेको डल्फिनबारे २०५७ सालमा संरक्षणकर्मी भोजराज श्रेष्ठको पहलमा डल्फिन संरक्षणका लागि अभियान थालिएको थियो। डल्फिन अवलोकनका लागि टीकापुर नगरपालिका वडा नम्बर ७ वैदी ढुंगाना टोलमा भ्यू टावर समेत निर्माण गरिएको छ।
कर्णाली नदीमा वर्षभरी रहने डल्फिन यी तीनवटा नदीमा भने असारदेखि असोज महिनासम्म देखा पर्छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ। वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ। मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

error: Content is protected !!