३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

कैलाली नदिमा डल्फिनहरु देखिए

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

एबिसी संचार
काठमाडौं कैलालीका नदिमा डल्फिनहरु देखिन थालेकाछन् । कैलालीको मोहना, पथरैया र काँडा नदीमा यतिबेला विश्वकै दुर्लभ स्तनधारी ग्यांगेटिक जातका डल्फिन देखिन थालेका हुन् ।
एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्न मन पराउने डल्फिन भारतको घाघरा नदी हुँदै नेपाल आउने गर्छन् । अन्य वर्षमा असार दोश्रो, तेश्रो सातादेखि आउने गरेको भए पनि यस वर्ष जेठ मसान्तमै उक्त नदिको तटियक्षेत्रमा देखिन थालेका हुन् । यसवर्ष सो क्षेत्रमा समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएको डल्फिन संरक्षण उपकेन्द्र ढुगांना टोलका अध्यक्ष भोजराज ढुंगाना बताँउछन् ।
उनका अनुसार असारदेखि असोजको महिनासम्म यसक्षेत्रका मोहना, पथरैया र काँडा नदीमा डल्फिन सजिलै देख्न सकिन्छ । हिजो शनिबार दिउँसो मोहना र पथरैया नदीको दोभान क्षेत्रमा दुई वटा डल्फिन देखा परेको डल्फिन संरक्षण उपकेन्द्र अध्यक्ष ढुंगानाले बताए ।
खाली आँखाले समेत नजिकै डल्फिन हेर्न सकिने हुनाले मोहना, पथरैया र काँडा नदीको दोभानमा डल्फिन हेर्न वर्षायाम विदेशी तथा नेपाली पर्यट आउने गरेको ढुङ्गानाले बताए ।
डल्फिन हेर्न मोहना, पथरैया र काँडा नदीको दोभानमा विदेशी तथा नेपाली पर्यट आउने गरेका छन् । यी नदीमा डल्फिन हेर्न नेपाली पर्यटक लगायत अमेरिका, इंगल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रान्स, भारतबाट वर्षायाममा पर्यटक आउने गर्छन ।
भारतको घाँघरा नदी हुँदै मोहना, पथरैया र काँडा नदीमा वर्षेनी वर्षाद्को समयमा डल्फिन आइपुग्ने स्थानीय बताउँछन् । विश्वबाटै दुलर्भ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि स्थानीय जुट्दै आएका छन् ।
स्थानीयले मान्छा भन्दै मारेर खाने गरेको डल्फिनबारे २०५७ सालमा संरक्षणकर्मी भोजराज श्रेष्ठको पहलमा डल्फिन संरक्षणका लागि अभियान थालिएको थियो। डल्फिन अवलोकनका लागि टीकापुर नगरपालिका वडा नम्बर ७ वैदी ढुंगाना टोलमा भ्यू टावर समेत निर्माण गरिएको छ।
कर्णाली नदीमा वर्षभरी रहने डल्फिन यी तीनवटा नदीमा भने असारदेखि असोज महिनासम्म देखा पर्छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!