२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

जेठ महिनामा भारतबाट १८ हजार ९१ नेपाल भित्रिए २३ हजार ६४२ बाहिरिए

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

एबिसी संचार
भैरहवा, जेठ ३२ गते । रुपन्देहीको बेलहिया नाका भएर जेठ महिनाभरमा १८ हजार ४९१ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै, यही नाकाबाट जेठ भएर भारत प्रवेश गर्नेको सङ्ख्या २३ हजार ६४२ रहेको इलाका प्रहरी कार्यालय, बेलहियाले जनाएको छ ।
जेठको अन्तिम दिन आइतबार मात्रै ६७६ जना नेपाली नेपाल भित्रिएका छन् भने ६११ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय, बेलहियाले जानकारी दिएको छ । कोरोना महामारीका कारण भारतमा कामविहीन बनेका नेपालीहरू फर्कने क्रम जारी रहेको बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले बताउनुभयो ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार नेपाल आएका नेपालीमध्ये अधिकांश आआफ्नो जिल्लामा पुगेर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बसेका छन् भने कतिपयलाई होम क्वारेन्टाइनमा पनि पठाउने गरिएको छ ।
बेलहिया प्रहरीका अनुसार यो नाकाबाट भित्रिएका अधिकांश रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, स्याङ्जा, कपिलवस्तु, पोखरा, बाग्लुङ्लगायत जिल्लाका रहेका छन् । बेलहिया नाका भएर भित्रिएका सबैलाई सम्बन्धित पालिकाको समन्वयमा गन्तव्यमा पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
प्रदेश ५ मा बेलहिया नाका भएर सबैभन्दा धेरै नागरिक ओहोरदोहोर गर्छन् । प्रदेश ५ भरि अहिलेसम्म २० हजार ५५९ को कोरोना परीक्षण भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २७ हजार ७४१ को स्वाब सङ्कलन गरिएकोमा सात हजार १८३ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश ५ मा अहिलेसम्म एक हजार ५१९ काेराेना सङ्क्रमित भेटिएका छन् भने ५४६ जना निको भएर घर फर्केका छन् । हाल ९६७ जनाको उपचार जारी छ भने सात जनाको मृत्यु भएको छ ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरू रेल तथा सार्वजनिक बसका माध्यमबाट सुनौली नाकासम्म आउने गरेको र आपसी समन्वयमा नेपाल ल्याउने गरिएको प्रहरीको भनाइ छ ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]