३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

कोरोना महामारीविरुद्ध ट्राफिक प्रहरीको सडक सचेतना अभियान

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

एबिसी संचार
काठमाडौँ कोरोना भाईरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ ।
महाशाखा लगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान आजदेखि शुरू गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना भाईरसबाट सडक प्रयोग कर्ताहरूमा हुने जोखिमलाई मध्येनजरगरी उपत्यकाका मुख्य मुख्य चोक एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली आजदेखि खटाएको जानकारी दिए ।
यसको लागि प्लेकार्डमा सधैँ मास्क लगाएर यात्रा गरौँ, जोर विजोर नियम पालना गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभावी हिडँडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ जस्ता कुराहरू लेखिएका छन् ।
महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूबाट काठमाडौ उपत्यकाको ८२ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख ढकालले बताए । उनले भने- “यस विशेष टोलीले सधैँ मास्क लगाएर यात्रा गर्न,जोर विजोर नियम पालना गर्न, सामाजिक दुरी कायम गर्न, जथाभावी हिडँडुल नगर्न, भिडभाड गरी नबस्न र यात्रा नगर्नका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष अनुरोध गर्नेछन् ।”
आजदेखि दैनिक विहान ९ बजेदेखि ११ बजेसम्म र वेलुकी ४ बजेदेखि ७ बजेसम्म प्लेकार्ड देखाउने विशेष टोली परिचालन गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए । “यात्रु तथा सडक प्रयोगकर्ताहरूलाई लक्षित गरी कोरोना भाईरस संक्रमणको जोखिमबाट सुरक्षित रहनको लागि सचेतना अभियानमा ट्राफिक प्रहरी परिचालित गरिएको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ” श्रेष्ठले भने । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!