०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

भारतबाट २ हजार ३१५ जना नेपालीहरु नेपाल भित्रिए

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

एबिसी संचार
लम्की सुदूरपश्चिमका मुख्य दुई नाकाबाट आइतबार दुई हजार ३१५ नेपाली नेपाल भित्रिएका छन् भने ५४८ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीका लागि भारत तथा नेपालमा रहेका उनीहरू लामो लकडाउनले खान र बस्न समस्या भई अलपत्र परेपछि आआफ्ना देश आउने जाने गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४८१ नेपाली भित्रिएका छन् भने २७४ जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् । शनिबारको तुलनामा भारतीय नागरिक बाहिरिने सङ्ख्या बढेको छ भने नेपाली आउने क्रम पनि बढेको छ ।
त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिने नेपालीको सङ्ख्या शनिबारको तुलनामा बढेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब निरीक्षक प्रतीक विष्टका अनुसार गौरीफन्टा नाकाबाट शनिबार एक हजार ३५४ नेपाली भित्रिएकोमा आइतबार एक हजार ८३४ जना भित्रिएका छन् ।
उक्त नाकाबाट २७४ भारतीय नागरिक बाहिरिएका छन् । शनिबार ५८० जना भारतीय नागरिक आफ्नो देश फिर्ता भएका थिए । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १२ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १६ हजार बढी पुगेको छ ।
नेपाल भित्रिएका नेपाली नागरिकलाई विभिन्न जिल्लाका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी उद्धार गरेका छन् । भारतबाट दैनिक नेपाली भित्रिएसँगै स्थानीय तहका क्वारेनटाइनसमेत भरिभराउ भएका छन् । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा बसेर परीक्षणपछि मात्र घर जान पाउने व्यवस्था गरिएकोछ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!