२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेको सिक्टामा ट्याक्टर दुर्घटना २ जना बेपत्ता एकजना भेटिए

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

महेन्द्र सिंह
बाँकेको अगैयास्थित सिक्टा सिचाईको मुख्य बाँधबाट टयाक्टर राप्ती नदीमा दुर्घटना भएको छ । ट्याक्टरसँगै त्यसमा सवार दुईजना पनि नदीमा खसेको र एकजना भने आफै पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ना ७ त ५१८ नम्बरको टयाक्टर बाँकेको राप्ती सोनारी ३ बाट अगैया तर्फ आउँदै गर्दा पुलको बीचभागबाट आफै उछिट्टिएर नदीमा खसेको प्रत्यक्ष दर्शीले बताएकाछन् ।
ट्याक्टर ठोकिएर बाँधको ४ वटा रेलिङ भाँचिएको बताईएको छ । बाँधको ढोका तर्फ ट्याक्टर खसेको र पानीको सतह गहिरो भएकाले खसेकै स्थानमा टयाक्टर अड्किएको हुन सक्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुल दिप चंन्दले जानकारी दिए । बाँकेको समशेरगञ्जबाट शसस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलमा पुगेर खेजीकार्य सुरु गरेको डिएसपी चंन्दले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!