१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

बाँकेको सिक्टामा ट्याक्टर दुर्घटना २ जना बेपत्ता एकजना भेटिए

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

महेन्द्र सिंह
बाँकेको अगैयास्थित सिक्टा सिचाईको मुख्य बाँधबाट टयाक्टर राप्ती नदीमा दुर्घटना भएको छ । ट्याक्टरसँगै त्यसमा सवार दुईजना पनि नदीमा खसेको र एकजना भने आफै पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ना ७ त ५१८ नम्बरको टयाक्टर बाँकेको राप्ती सोनारी ३ बाट अगैया तर्फ आउँदै गर्दा पुलको बीचभागबाट आफै उछिट्टिएर नदीमा खसेको प्रत्यक्ष दर्शीले बताएकाछन् ।
ट्याक्टर ठोकिएर बाँधको ४ वटा रेलिङ भाँचिएको बताईएको छ । बाँधको ढोका तर्फ ट्याक्टर खसेको र पानीको सतह गहिरो भएकाले खसेकै स्थानमा टयाक्टर अड्किएको हुन सक्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुल दिप चंन्दले जानकारी दिए । बाँकेको समशेरगञ्जबाट शसस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलमा पुगेर खेजीकार्य सुरु गरेको डिएसपी चंन्दले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!