२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना पुष्टि

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

एबिसी संचार
दाङ घोराही उपमहानगरपालिकाका दुई क्वारेन्टाइनमा बसेका १७ जनामा घर पठाइएपछि कोरोना पुष्टि भएकाे छ । घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टाइनमा बसेका १३ र प्रावि क्वाडीमा बसेका ४ जनामा घर गइसकेपछि कोरोना पुष्टि भएको हो । वडा कार्यालयले लापरबाही गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरुले वडा कार्यालयमा भेला भइ ध्यानाकर्षण गराएका थिए ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेकालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो । उनीहरूको जेठ २१ गते पीसीआर टेस्टको लागि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट आउन ढिला भएपछि क्वारेन्टाइनमा बस्नेहरूले घरमा सुरक्षित बस्ने गरी जान पाउनुपर्ने माग गरेका थिए । त्यसपछि उनीहरूलाई घर जान दिइएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा आइतबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानले यसको रिपोर्ट अझै सार्वजनिक गरेको छैन । वडालाई भने आइतबार नै जानकारी दिइएकोले संक्रमितलाई खोजेर आइसोलेसनमा पठाएको नगर प्रमुख नरूलाल चौधरीले बताए ।
स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार २२ दिनसम्म क्वारेन्टाइनमा बसेर कुनै लक्षण नदेखिएकालाई घरमा सुरक्षित बस्ने गरी पठाइएको उनले बताए । उनीहरूको ट्रेसिङ गर्ने काम भइरहेको चौधरीले जानकारी दिए । ‘लामो सयमसम्म रिपोर्ट नआएपछि र उनीहरुमा कुनै लक्षण नदेखिएपछि छलफल गरेर घरमा सुरक्षित बस्ने गरी पठाइएको हो,’ चौधरीले भने,‘कतै पनि ननिस्केर घरमै बस्ने गरी पठाइएको हो । कतै गए नगएको बुझ्ने र ट्रेसिङ गर्ने काम भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!