१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

बाँके प्रहरी प्रमुखको जिम्मेवारी एसपी ओम रानालाई

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

सागर थापा
जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखको जिम्मेवारी एसपी ओम रानाले पाउनु भएको छ।
एसपी ओम राना काठमाडौं मेट्रोबाट बाँके जिल्ला प्रहरी प्रमुखमा सरुवा हुनुभएको हो ।
पोखरा कास्कीका १० वर्षिय वालिका श्रेया विकको बलात्कार पछि क्रुर तरिकाले हत्या गर्ने अपराधी कुशुम पौडेललाई ११ घण्टा भित्र पक्राउ गरी नेपाल प्रहरीको मान मर्दन राख्न सफल भएका तत्कालिन कास्कीका प्रहरी प्रमुख एसपी ओम राना मेट्रोबाट बांके जिल्ला प्रहरी प्रमुखमा सरुवा भएका छन । कन्चनपुरमा निर्मला पन्तको हत्यारा पत्ता नलागिरहदा कास्कीमा पनि १० वर्षिया वालिका श्रेया बिकको बलात्कार पछि हत्या गर्ने कुशुम पौडेललाई पक्राउ गर्न सफल एसपी ओम राना हालै काठमाण्डौ मेट्रोबाट जिल्ला प्रहरी कार्यालय बांकेको कमाण्ड सम्हाल्न पुगेका हुन ।
२०७६ साल असोज १० गते सांझ कास्कीको पुम्दी भुम्दीकी १० वर्षिय वालिकालाई ललाइ फकाइ बलात्कार गरी क्रुर तरिकाले बालिकाको हत्या गर्ने कुशुम पौडेललाई ११ घण्टा भित्र पक्राउ गरी प्रहरीकै छवि जोगाउन भुमिका खेलेका थिए । सोही वर्ष कन्चनपुरमा हत्या गरिएकी निर्मला पन्तको हाल सम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।
२०७४ सालमा नेपाल प्रहरी उपरीक्षकको फुली लगाएका रानाले बांकेको कमाण्ड सम्हाल्नु अघि, काठमाण्डौ मेट्रो, कास्की, रोल्पा, बौद्ध, उदयपुर, दाङ, काठमाण्डौ अपराध महाशाखा, कालिकोट, रशुवा लगायतका जिल्लाहरुमा प्रमुखको भुमिका निर्वाह गरिसकेका छन । कास्कीमा पनि श्रेया विकको हत्यारा संगै १ सय ५० फरार अपराधी पक्राउ गर्न सफल भएका थिएभने टोले गुण्डाहरुको गतिविधीलाई शुन्यमा पुर्याएका थिए । त्यसैगरी उनको कार्यकालमा हप्ता असुल्ने टोले गुण्डा र लागुऔषध कारोवारीले समेत टाउको उठाउन सकेको थिएन भने रानाको कार्यकालमा ३३ वटा ठूला जुवा खेल्ने गिरोहलाई पक्राउ गरी आवश्यक कारबाही गरेका थिएभने अपराध नियन्त्रणलाई मध्येनजरगरी कास्कीभित्र १ सय ४२ स्थानमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै उनको कार्यकालमा कास्कीमा सवारी दुर्घटनामा समेत न्युनिकरण भएको थियो ।
एसपी रानाले तत्कालिन समयमा सवैभन्दा संवेदन शिल मानिएको रोल्पा जिल्लामा २०७० सालको दोश्रो संविधान सभाको चुनाव सफल पूर्वक सम्पन्न गर्न सफल भएको उनको छुट्टै इतिहांस छ । सामान्य देखी ठूला मानिस संग समान ब्यवहार गर्ने रानाले अन्य प्रहरी प्रमुखले भन्दा बेग्लै शैलीमा जनताको समस्याको समाधान गर्ने बेग्लै खुबी रहेको छ । प्रहरी कर्मचारीहरुलाई समेत समान ब्यवहार गर्ने भएकाले पनि उनलाई सामान्य प्रहरी कर्मचारीले हेर्ने दृष्टीकोण पनि राम्रो रहेको छ ।
एसपी रानाले उत्कृष्ट कार्यालय प्रमुख भएकाले विभिन्न जिल्लामा समेत पुरस्कार प्राप्त गर्न सफल भएका छनभने कास्कीमा रहेर उत्कृष्ट कार्य गरेवापत गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार समेत प्राप्त गरिसकेका छनभने राष्ट्रपतिबाट रत्न विभुषण प्राप्त गरिसकेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!