२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेको क्वारेन्टाइनबाट निको भएर घर जानेहरुको क्रमश सुरु

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

महेन्द्र सिंह
बाँके जिल्लामा कोरोनाबाट निको भएर घर जाने क्रम सुरु हुँदै गएको छ । केही समय अघिसम्म जिल्लाका १०८ वटा क्वारेन्टाइन, १३ वटा आइसोलेसन अस्पताल र सेन्टर भरिभराउ रहेकोमा अहिले आएर अधिकांश क्वारेन्टाइन खाली भैसकेका छन् भने आइसोलेसन पनि रित्तिँदै गएका छन् ।
भारतबाट आउनेहरूको ठूलो सङ्ख्याका कारण करिब १० हजार जनालाई जिल्लाका १०८ वटा क्वारेन्टाइनमा राखिएकोमा परीक्षणको परिणाम नगेटिभ आउँदै गएपछि अहिलेसम्म सात हजार २२१ जनालाई घर फिर्ता पठाइसकिएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । कार्यालयका अनुसार अहिले क्वारेन्टाइनमा दुई हजार ७७६ जना मात्र रहेको र उनीहरूको पनि धमाधम परीक्षण भइरहेकोले केही दिनमै सबै घर फर्किने देखिएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा ११ हजार ५०० बढीको आरडीटी र पीसीआर परिक्षण गरिएपछि पोजिटिभ देखिएका ३२३ जनामध्ये २०२ जना निको भएर घर फर्किसकेका छन् भने १२० जना पनि निको हुने क्रममा रहेका छन् । कोरानोबाट नरैनापुरका एकजनाको मृत्यु भएको थियो ।
बाँकेमा अहिले छ हजार ४६ जनालाई एकैपटक राख्न सक्ने गरी क्वारेन्टाइनहरूको विस्तार गरिएको तथा ४०३ जनालाई एकै पटक राख्न सक्ने गरी आइसोलेसन अस्पताल र सेन्टरहरू तयार पारिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । भारतबाट आउने क्रम पनि दिनदिनै घट्दै गएकोले क्वारेन्टाइनमा पनि मानिसहरूको चाप क्रमशः घट्दैगएको छ ।
होल्डिङ सेन्टरले सहज
भारतबाट आउने नेपालीहरूको चाप केही समयअघि बढ्दैगएको र उनीहरूको राम्रो व्यवस्थापन गर्न नसकिएपछि कोरोना सङ्क्रमित बढ्न थालेकोले यहाँस्थित सीमानामा होल्डिङ सेन्टरको स्थापना गरेर भारतबाट आउनेहरूलाई व्यवस्थित तरिकाले पठाउन थालिएको छ ।
भारतबाट आउनेहरूको राम्रो व्यवस्थापन गरेर सिधै सम्बन्धित जिल्लामा पठाइकोले नै कोरोनाको सङ्क्रमण समुदायमा फैलिन नसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनुभयो ।
२५ बेडको सुविधायुक्त आइसोलेसन सेन्टर सञ्चालन
यसैबीच नेपालगञ्जमा २५ बेडको सुविधायुक्त आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । बाँके जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित नेपाल औद्योगिक विकास निगमको खाली रहेको भवनमा सुविधायुक्त आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको बाँके जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनुभयो । केन्द्रमा अन कल डाक्टर, स्वास्थ्यकर्मी, ल्याब सेवा, वाईफाई, टेलिभिजन, योगा लगायतका सुविधाहरू छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!