२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङमा साँझ ५ बजेपछि सम्पूर्ण बजार बन्द हुने सवारीसाधनमा जोडबिजोड लागु

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

सागर थापा दाङ जिल्लामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि दाङमा यसबाट बच्नका लागि थप साबधानि अपनाइने भएको छ । यही क्रममा भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ पाँच बजेपछि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको वैठकले केही समयका लागि साँझ पाँच बजेपछि बजार बन्द गर्ने निर्णय गरेको हो । वैठकले यही रफतारमा संक्रमितहरु बढि रहेमा नयाँ रणनीति बनाउने समेत योजना बनाएको छ ।
यसैगरी वैठकले सवारी साधनलाई व्यवस्थित गर्नका लागि निजी सवारी साधनहरुको जोडबिजोड प्रणाली जिल्लाभर लागू गर्ने निर्णय गरेको छ । यस अन्तगर्त मोटरसाइकलमा जोडबिजोड प्रणाली अन्तगर्त एकजना मात्र बसेर सवारी गर्न पाउनेछन् । जिप कारहरुमा चालक सहित अन्य दुईजना बस्नेगरी जोडबिजोड प्रणाली लागू गरिएको छ । दाङमा जोडबिजोड लागू गर्ने निर्णय गरिएको छ । जस्तोकि ४ गते जोड बाईक वा गाडी चलाउन पाइनेछ । ५ गते बिजोड गाडीहरुको पालो हुनेछ । जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षत्तामा बसेको वैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुखहरु, दशवटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियाशन दाङ उद्योग वाणिज्य संघ, जिल्ला च्याम्बर, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको वैठकले जिल्लामा कोरोना संक्रमितहरुको प्रभावकारी उपचार गर्नका लागि परीक्षण बिधि बढाउन दुईदिनभित्रै रेएजेन्ट कम्तिमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी जिल्लामा ल्याउने, दैनिक एक हजार जति व्यक्तिको चेकजाँच रिर्पोट सार्वजनिक गर्नेगरी तयारी गर्ने, क्वारेनटाइनहरुलाई थप व्यवस्थित गर्ने, संक्रमितहरुका लागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेसन बनाउने, सबैलाई उच्च शतर्कता अपनाउन अनुरोध गर्ने, शव व्यवस्थापनका लागि सम्बन्धित गाउँपालिकाहरुमै स्थान बनाउने, त्यसका लागि १० जना बढिको शव व्यवस्थापनमा चाहिने सामानहरु जिल्ला विपत व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय गरिएको छ । यसैगरी वर्षातको समय भएकाले बाढि, पहिरोको जोखिमबाट बच्नका लागि वडावडामा सचेतना फैलाउने, तयारी कार्यलाई व्यापक बनाउने, यसका लागि प्रचारप्रसार गर्न नेपाल पत्रकार महासंघ दाङसँग समन्वय गर्ने, बजारमा व्यवसायीहरुलाई सचेत र सजग बनाउन उद्योग वाणिज्य संघ र च्याम्बरसँग समन्वय गर्ने, गाउँपालिकाहरुमा सचेतना कार्यक्रम अन्तगर्त माइकिङ गर्न सम्बन्धित गाउँपालिकासँग समन्वय गर्ने निर्णय गरेको छ ।
हाल दाङमा ५ हजार जति व्यक्तिको परीक्षण गर्न बाँकी छ । हाल ४ सयजतिको परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा हुँदै आएको छ । अबको केही दिनमा नै दैनिक एक हजार जतिको परीक्षण रिपोर्ट प्रतिष्ठानले दिने गरी तयारी गरिएको छ । यस हिसाबले पनि अबको एक हप्ताभित्र परीक्षण गर्न बाँकी सबैको परीक्षण गरेर पनि रिर्पोट बाहिर आउने छ । यस्तो भएमा क्वारेन्टाइनमा बसेकाहरु मध्य नेगेटिभ आएकाहरु घर जानेछन् भने पोजेटिभ देखिएकाहरुको उपचार सुरु हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!