०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा साँझ ५ बजेपछि सम्पूर्ण बजार बन्द हुने सवारीसाधनमा जोडबिजोड लागु

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

सागर थापा दाङ जिल्लामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि दाङमा यसबाट बच्नका लागि थप साबधानि अपनाइने भएको छ । यही क्रममा भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ पाँच बजेपछि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको वैठकले केही समयका लागि साँझ पाँच बजेपछि बजार बन्द गर्ने निर्णय गरेको हो । वैठकले यही रफतारमा संक्रमितहरु बढि रहेमा नयाँ रणनीति बनाउने समेत योजना बनाएको छ ।
यसैगरी वैठकले सवारी साधनलाई व्यवस्थित गर्नका लागि निजी सवारी साधनहरुको जोडबिजोड प्रणाली जिल्लाभर लागू गर्ने निर्णय गरेको छ । यस अन्तगर्त मोटरसाइकलमा जोडबिजोड प्रणाली अन्तगर्त एकजना मात्र बसेर सवारी गर्न पाउनेछन् । जिप कारहरुमा चालक सहित अन्य दुईजना बस्नेगरी जोडबिजोड प्रणाली लागू गरिएको छ । दाङमा जोडबिजोड लागू गर्ने निर्णय गरिएको छ । जस्तोकि ४ गते जोड बाईक वा गाडी चलाउन पाइनेछ । ५ गते बिजोड गाडीहरुको पालो हुनेछ । जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षत्तामा बसेको वैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुखहरु, दशवटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियाशन दाङ उद्योग वाणिज्य संघ, जिल्ला च्याम्बर, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको वैठकले जिल्लामा कोरोना संक्रमितहरुको प्रभावकारी उपचार गर्नका लागि परीक्षण बिधि बढाउन दुईदिनभित्रै रेएजेन्ट कम्तिमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी जिल्लामा ल्याउने, दैनिक एक हजार जति व्यक्तिको चेकजाँच रिर्पोट सार्वजनिक गर्नेगरी तयारी गर्ने, क्वारेनटाइनहरुलाई थप व्यवस्थित गर्ने, संक्रमितहरुका लागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेसन बनाउने, सबैलाई उच्च शतर्कता अपनाउन अनुरोध गर्ने, शव व्यवस्थापनका लागि सम्बन्धित गाउँपालिकाहरुमै स्थान बनाउने, त्यसका लागि १० जना बढिको शव व्यवस्थापनमा चाहिने सामानहरु जिल्ला विपत व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय गरिएको छ । यसैगरी वर्षातको समय भएकाले बाढि, पहिरोको जोखिमबाट बच्नका लागि वडावडामा सचेतना फैलाउने, तयारी कार्यलाई व्यापक बनाउने, यसका लागि प्रचारप्रसार गर्न नेपाल पत्रकार महासंघ दाङसँग समन्वय गर्ने, बजारमा व्यवसायीहरुलाई सचेत र सजग बनाउन उद्योग वाणिज्य संघ र च्याम्बरसँग समन्वय गर्ने, गाउँपालिकाहरुमा सचेतना कार्यक्रम अन्तगर्त माइकिङ गर्न सम्बन्धित गाउँपालिकासँग समन्वय गर्ने निर्णय गरेको छ ।
हाल दाङमा ५ हजार जति व्यक्तिको परीक्षण गर्न बाँकी छ । हाल ४ सयजतिको परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा हुँदै आएको छ । अबको केही दिनमा नै दैनिक एक हजार जतिको परीक्षण रिपोर्ट प्रतिष्ठानले दिने गरी तयारी गरिएको छ । यस हिसाबले पनि अबको एक हप्ताभित्र परीक्षण गर्न बाँकी सबैको परीक्षण गरेर पनि रिर्पोट बाहिर आउने छ । यस्तो भएमा क्वारेन्टाइनमा बसेकाहरु मध्य नेगेटिभ आएकाहरु घर जानेछन् भने पोजेटिभ देखिएकाहरुको उपचार सुरु हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!