२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

महेन्द्र सिंह बाँके कोहलपुर जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।
दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिनपहिले नै ती महिलाको ज्यान गएको हो । मङ्गलबार आएको रिपोर्टमा ती महिलामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका एक उच्च अधिकारीले जनाएका छन् ।
ती महिलाको आइसियुमा राखेर उपचार गरिएकोले आइसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठले बताउनुभयाे । तर अस्पतालले भने यसबारे कुनै आैपचारिक जानकारी गराएकाे छैन । बैजनाथकी महिलाको मृत्युुसँगै बाँकेमा काेराेनाबाट मर्नेको सङ्ख्या दुई पुगेकाे छ ।
यसअघि जिल्लाकाे नरैनापुरमा भारतकाे मुम्बईबाट अाएका एक युवककाे क्वारेन्टाइनमा मृत्यु भएको थियोे । झाडा पखाला लागेर नरैनापुर नयाँबस्तीका ती युवकको मृत्युपछि परीक्षण गर्दा काेराेना पुष्टि भएको थियो । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]