३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

दलित सञ्जाल राप्ती गाउँपालिकाले भालुवाङ्गमा राहत वितरण गर्यो

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

बिदुर एमसी दाङको देउखुरी भालुवाङ्गमा दलित सञ्जाल राप्ती गाउँ पालिकाद्वारा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँ पालिकाकाे वडा नम्बर १ भित्र रहेका अति विपन्न घर परिवारलाई राहत दिने कार्यक्रम रहेको सञ्जालका अध्यक्ष शेरबहादुर सुनारले जानकारी दिएका छन् । विश्व मानव समुदाय काेभिड 19, काेराेना भाइरसको सङ्क्रमणबाट गुज्रिरहेकाे र नेपाल पनि त्यसैअनुरूप कोरोनासित जुधिरहेको वर्तमान सन्दर्भमा मानव कसरी बाच्ने र बचाउने त ? भन्ने गहन जिम्मेवारी बोकेर आफ्नो सञ्जालले साे राहत वितरण गरेको अध्यक्ष सुनारले बताएका छन् । देउखुरीकाे राप्ती गाउँ पालिकाद्वारा दलित तथा विपन्न वर्गका लागि चेतना शिपमूलक कार्यक्रमका लागि विनियोजन गरिएको ४ लाख रकमबाट उक्त राहत बाडिएको सञ्जालका युवा सुरज परियारले बताए । राप्ती गाउँपालिकाभित्र बसाेबास गर्दै आएका अति विपन्न ६ सय ६० घरधुरीहरुलाई राहत पुर्याउने लक्ष्य रहेको सो सञ्जालका अर्का सदश्य श्रीबहादुर परियारले जानकारी गराए । जस अन्तर्गत वडा नम्बर १ मा बस्ने २ सय ०७ अति विपन्न घरधुरीले उक्त राहत प्राप्त गरेका छन् । जसमा झण्डै ३० घरधुरी गैर दलितहरुले पनि सो राहत पाउने अति विपन्न वर्गभित्र रहेका परियारले बताए । १ घरधुरी बराबर ५ किलो गहुँको पिठो, २ किलो दाल, १ पोका खानेतेल र १ पिस सावुन आदि राहत प्राप्त गरेका छन राप्ती गाउँ पालिका वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसीकाे प्रमुख अातिथ्यतामा भएको राहत वितरणकाे औपचारिक कार्यक्रममा सध्जालका अध्यक्ष शेरबहादुर सुनारले गरेका थिए भने सञ्जालका युवा सदश्य अनिल परियारले औपचारिक कार्यक्रमको सहजीकरण गरेका थिए । राहत वितरण कार्यक्रम विभिन्न चरणमा गरि वडा नम्बर १ काे भालुवाङ्गमा मङ्गलवार सम्पन्न गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]