०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

काठमाडौंमा जुवा खेल्ने २८ जना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

एबिसी संचार
काठमाडौं टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-६ चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३८ वर्षीय राम खड्का लगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
चितवन, खैरहनी नगरपालिका-४ कुनाघारी बस्ने ३१ वर्षीय गुड बहादुर गुरुङको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३५ वर्षीय ईन्द्र जंग थापा लगायत ६ जनालाई नगद ३३ हजार ९ सय ३० रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]

error: Content is protected !!