२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा ५ किलो लागूऔसध सहित लालमटियाबाट एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

सागर थापा/बिदुर एमसी दाङ भालुवाङ्ग अवैध लागू औसध बोकेर हिड्दै गरेको अबस्थामा लालमटियाकाे शान्तिनगर भन्ने ठाउँबाट एक युवा पक्राउ परेका छन दाङ्गको देउखुरी राप्ती गाउँ पालिका वडा नम्बर १, भालुवाङ्ग निवासी राज पुनलाई विशेष गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी टाेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए । विशेष सूचनाको अाधारमा मङ्गलवारकाे राति करिब १०:३० बजेतिर राप्ती गाउँ पालिका वडा नम्बर २, लालमटियाकाे शान्ति नगरबाट पुनलाई समातिएको हाे । त्यसरी समातिएका पुनकाे साथबाट झोलामा बोकेर हिडिरहेका क्रममा खाेलेर हेर्दा अवैध मानिने लागूऔसध अफिमको लेदोजस्तो बस्तु ५ वटा अलगअलग प्लास्टिकका थैलोमा प्याकिङ्ग गरिएका जम्मा ५ किलो तौल बराबरको उक्त अवैध लागूऔषध बरामद गरिएको थियो । सो शड्ढास्पद मानिने लागूऔषध अनुसन्धानका लागि सुरक्षित राख्नुका साथै निज पुनलाई अनुसन्धान गरि उचित कारवाहीका लागि इलाका प्रहरी कार्यालय भालुवाङ्गमा राखिएको दाङ प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।