३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

काठमाडौं उपत्यकामा जताततै भिडभाड मात्र जोगिने कसरी??

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

एबिसी संचार
काठमाडौं राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्- लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ? जताततै भीडै भीड छ। चोक-चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ।
अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ-अब जोगिने कसरी ?
संक्रमणको जुन उचाइमा लकडाउन गरिनुपथ्र्यो, खोल्नुपर्ने बाध्यता आयो। जति बेला खोल्दा पनि फरक पर्दैनथ्यो, पूर्ण लकडाउन गरियो। अर्थात्, जोखिमपूर्ण समयमा बजार खचाखच हुँदै गएका छन्। तर, सर्वसाधारणमा त्यसको कुनै परवाह नभएको आभास हुन्छ।
इन्द्रचोकका व्यापारी हरि श्रेष्ठ बुधबार ग्राहक कुरिरहेका थिए। किनमेल गर्ने कम भए पनि ओहोरदोहोर गर्ने टन्नै देखिन्थे। साँघुरो गल्लीमा आपसमा ठोक्किँदै बढिरहेका थिए। ‘हाम्रो ठाउँ नै साँघुरो छ’, उनले भने, ‘बाटो पनि सानो छ। हामीलाई दूरी कायम गर्न एकदम मुस्किल छ। पसलमा किनमेल गर्न आउनेहरू पनि सचेत भइदिए कम जोखिम हुन्थ्यो।’
असन, इन्द्रचोक, न्युरोडलगायत ठाउँमा पुरानै अवस्थाजस्तो मानिसको चाप देखिन थालेको छ। सरकारले असार १ गतेदेखि लकडाउन केही खुकुलोे बनाएसँगै उपत्यकाका प्रायः पसल खुल्न थालेका छन्। केही दिनयता असनका कपडा, भाँडाकुँडा, गहना, खुद्रालगायत सबै पसल खुलेका छन्। कामदार पनि आउन थालेका छन्। भारी बोक्ने मजदुर पनि पसलका सामान ओसार्ने कामको खोजीमा हिँडिरहेका देखिए।
सडकमा हिँड्नेको चाप पनि बढेको देखियो। किनमेलमा आउनेभन्दा हिँडडुल गर्ने धेरै भएको पसले बताउँछन्।अन्नपूर्णपोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!