११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

प्रहरीमाथि अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

एबिसी संचार
पर्सा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाबाट ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-५ बस्नेहरु २८ वर्षीय श्रीराम चमार, ३२ वर्षीय श्रीराम चमार र २६ वर्षीय रामबालक हजरा दुसास रहेका छन् ।
गत जेठ ३१ गते राति सोही विद्यालयमा रहेको क्वारेनटाईनमा मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै भित्र छिरेका उनीहरुलाई रोक्न खोज्दा प्रहरीलाई नै गाली गलौच तथा अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!