२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रतापपुर अायुर्बेद शाखाद्वारा पत्रकारहरुकाे लागि च्वनप्रास र अस्वगन्धा बितरण

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

नन्दु यादव
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका अन्तर्गत रहेकाे अायुर्बेद शाखा ले अाज प्रतापपुर गाउपालिकाा भित्र रहेका पत्रकार हरुकाे लाई च्वनप्रास र अस्वगन्धा बितरण गरेकाे छ।काेभिड १९लाई मध्यनजर गर्दै पत्रकार हरुले अग्र पक्तिमा रहि काम गर्दै अाईरहेकाेलेे बितरण गरिएकाे बताईएकाे छ ।गाउपालिका भित्र रहेका पत्रकार हरुकाे स्वास्थ अवस्था तन्दुरुस्त रहन तथा शक्ति बढाउने उदेश्य का साथ बितरण गरिएकाे अायुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्रले जानकारी दिनु भयाे।अायुर्बेद शाखाबाट उपलब्ध सामान लाई अायुर्बेद शाखाका प्रमुख दिनुबन्धु मिश्राले पत्रकार लाई हस्तान्तरण गर्नु भएकाे थियाे । सामान ग्रहण गर्दै पत्रकार नन्दु यादव ले सस्थाले उपलब्ध गराएकाे सामानले हाम्राे काममा झन हाैसला थपिएकाे बताउनु भयाे। यसै गरि केहि दिन अगाडि प्रतापपुर गाउपालिका भित्र रहेका क्वारेन्टाइन का जनताहरुकाे लाई समेत बितरण गरिएकाे थियाे।प्रतापपुर अायुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न राेगकाे अायुर्बेद अाैषधि समेत लामाे समय देखि गर्दै अाएकाे छ विभिन्न समयमा याेगा तथा जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै अाएकाे अायुर्बेद शाखाले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]