२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

विजयनगरमा वार्षिक योजना निमार्ण गर्न सर्बदलीय बैठक सम्पन्न

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

राम प्रघट कोरी
कपिलवस्तुको विजयनगर गाउँपालिकामा बिहिवार सर्बदलीय बैठक सम्पन्न भएको छ । आ. व. २०७७÷०७८ को वार्षिक नीति कार्यक्रम तथा वजेट निर्माणमा जुटेको गाउँपालिकाले कोभिड– १९ को महामारीका बीच गाउँपालिकास्थित विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, समाजसेवी ,बुद्धिजीविहरुसँग छलफल गरेको हो । गाउँपालिकाले नयाँ भन्दा कोभिडका कारण सम्पन्न हुन नसकेका अधुरो र महत्वपूर्ण योजनाका कार्यलाई प्राथमिकतामा राख्दै अन्य कार्यलाई अगाडी बढाउने भएको छ । गाउँपलिकाले विश्वभरी फैलिएको कोरोना भाइरस महामारीका कारण हुन नसकेका र अधुरो विकास निमार्णका कामलाई तीव्रता दिने जनाएको छ ।
यसको साथै गाउँपालिकाले स्वास्थ्य, कृषि, शिक्षा, रोजगार र उत्पादनलाई विशेष प्राथमिकतामा राख्ने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमलाई बनाइरहँदा सर्बदलीय बैठकबाट थप सल्लाह सुझाव लिई योजनालाई कार्यान्वयन गर्दै अगाडी बढाउने थापाले बताउनुभयो ।
आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट निमार्णमा कोरोना भाइरस र यसले प्रभाव परेको क्षेत्रको पहिचान गरी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।
स्थानीय स्तरमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुबाट आएका सल्लाह सुझावलाई ध्यानमा राखि अहिलेको अवस्था अनुकुल हुने गरि नीति कार्यक्रम र योजना निर्माण हनुपर्ने धारणा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले व्यक्त गर्नुभएको थियो । उहाँले अमूर्त भन्दा पनि कार्यान्वयनमा लान सकिने र प्रत्यक्ष रुपमा गाउँपालिकाको विकासमा टेवा पुग्ने योजना आउनु उपयुक्त हुने बताउनुभयो ।
बैठकमा अधिकांश बोल्ने बक्ताले सहुलियत ऋण, विपद् व्यवस्थापन कोष, सामुहिक कृषि कार्यक्रम, व्यवसायिक शिक्षा, मल खाद, उन्नत बिउ विजन, कृषि सामग्री अभाव हुन नदिन सहज रुपमा बजारको व्यवस्थापन लगायतका योजना समाबेश गर्ने कुरामा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!