०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङको तुलसीपुरमा दिउँसो १२ बजेपछि सबै पसलहरु बन्द हुने

Logo
प्रकाशित शुक्रबार, आषाढ ०५, २०७७

सागर थापा
दाङको तुलसीपुरमा व्यापार व्यवसाय दिउँसो १२ बजेसम्म मात्रै खुल्ने भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले कोरोना संक्रमणको दर बढ्दै गएको अवस्थामा जोखिम न्युनिकरणका लागि भोलि(शुक्रबार)देखि लागु हुने गरी दिउँसो १२ देखि सबै बन्द गर्ने निर्णय गरेको हो ।
तर अत्यावश्यक तरकारी,दुध, औषधि, भेटनरी, कृषि, ढुवानी, बैंक, वित्तिय सेवा, बिमा लगायतका व्यवसायहरु साविककै निर्णय अनुसार संचालन हुनेछन् ।
बैठकले उपमहानगरलिकाभित्रका क्वारेन्टिनलाई थप व्यवस्थापनसहित निरन्तरता दिने, नगरका तीन ठाउँमा शब अन्त्यष्टिको व्यवस्थापन गर्ने, शब बहानका लागि प्रदेश सरकारसंग माग गर्ने, घोराही–तुलसीपुरको आवाज–जावातलाई थप सजकता अपनाउने लगायतका निर्णय गरेको छ ।
विपद व्यस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनितिक दल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, १९ नम्बर बाहिनी, तुलसीपुर उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!