
एबिसी संचार
सिरहाको औहरी गाउँपालिका वडा नम्बर ४ बाट एपीएफ टोलीले बुधबार गते करीव ४० किलो गाँजा बरामद गरेको छ ।
सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईटाटारबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।