३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

भारतको चेन्नई (मद्रास) शहरसहित तीन जिल्लामा पुनः लकडाउन

Logo
प्रकाशित शुक्रबार, आषाढ ०५, २०७७

एबिसी संचार
काठमाडौँ दक्षिणी भारतको चेन्नई (मद्रास) शहरसहित नजिकका तीन जिल्लामा पुनः लकडाउन गरिएको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढे पनि पुनः लकडाउन गरिएको चेन्नई भारतको पहिलो शहर हो । कोरोनाभाइरस सङ्क्रमण बढेर सामान्य अवस्थामा नियन्त्रणमा आउन नसक्ने भएपछि लकडाउन गरिएको भारतीय अधिकारीहरूले बताएका छन् ।
तमिलनाडूको प्रमुख शहर चेन्नईमा कोरोनाभाइरसका करिब ३७ हजारभन्दा बढी सङ्क्रमित छन् । तमिलनाडूमा मात्रै करिब ५० हजार सङ्क्रमित छन् । जुन ३० सम्म रहने गरी लकडाउन १२ दिनका लाथि थप गरिएको भारतीय अधिकारीहरूले बताएका छन् ।
चेन्नईमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ सयभन्दा बढी छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने करिब तीन लाख ८१ हजार पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!