०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

भारतको चेन्नई (मद्रास) शहरसहित तीन जिल्लामा पुनः लकडाउन

Logo
प्रकाशित शुक्रबार, आषाढ ०५, २०७७

एबिसी संचार
काठमाडौँ दक्षिणी भारतको चेन्नई (मद्रास) शहरसहित नजिकका तीन जिल्लामा पुनः लकडाउन गरिएको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढे पनि पुनः लकडाउन गरिएको चेन्नई भारतको पहिलो शहर हो । कोरोनाभाइरस सङ्क्रमण बढेर सामान्य अवस्थामा नियन्त्रणमा आउन नसक्ने भएपछि लकडाउन गरिएको भारतीय अधिकारीहरूले बताएका छन् ।
तमिलनाडूको प्रमुख शहर चेन्नईमा कोरोनाभाइरसका करिब ३७ हजारभन्दा बढी सङ्क्रमित छन् । तमिलनाडूमा मात्रै करिब ५० हजार सङ्क्रमित छन् । जुन ३० सम्म रहने गरी लकडाउन १२ दिनका लाथि थप गरिएको भारतीय अधिकारीहरूले बताएका छन् ।
चेन्नईमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ सयभन्दा बढी छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने करिब तीन लाख ८१ हजार पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]