२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा सिडियो कुरुवाङ आए देखि नदिजन्य तस्करी गर्नेहरु धमाधम पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

एबिसी क्राईम ब्युरो
बाँकेको राप्तीसोनारीमा नदिजन्य सामाग्री तस्करी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ढुङ्गा,गिटी ,बालुवा लगायत अन्य नदिजन्री सामाग्री तस्करी गर्ने भनिएका मनोज केसी रहेका छन्।
लामो समयदेखि केसीले राप्ती नदिमा जेसेबी,टिपर प्रयोग गरेर नदिजन्य सामाग्री तस्करीमा सामेल हुँदै आएको उनलाई आरोप छ। उनलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमबाङ्गको निर्देशनमा पक्राउ गरिएको हो।
केसीलाई शुक्रबार पक्राउ गरि हिरासतमा राखिएको छ। उनलाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरि म्याद थप गरेर मुद्दा प्रक्रिया अघि बढाएको प्रजिअ कुरुमबाङ्गले बताए।गत आर्थिक बर्षमा राप्ती नदिमा नदिजन्री सामाग्री उत्खननको ठेक्का समेत पाएका केसीले राजस्व नतिरेको आरोप समेत छ।
बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका कुरुमबाङ्गले तस्करलाई कुनै पनि हालतमा नछाड्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।
केसी पक्राउ परेसगै बाँकेमा नदिजन्य सामाग्री तस्करी गर्ने गिरोहहरुमा खैलाबैला मच्चिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]