२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कोरोना विषयमा राष्ट्रिय जनमोर्चा दाङको भिडियो सम्बाद

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

सागर थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तरमापन महासाखा प्रमुख डाक्टर बिकास देबकोटा संग कोरोनाको बर्तमान स्टेज र नागरिकको दैनिक जीवन विषयक अन्तरसम्बाद कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा डाक्टर बिकास देबकोटाले कोरोना भाइरस बाट जोगिने भनेकै भ्याक्सिन बाट हो । त्यो बेगर अहिले हामी यसबाट मुक्त हुन सक्दैनौ । त्यसैले हामी संक्रमणबाट जोगिनको लगी उच्च सतर्कता अपनाउन जरुरी छ । बिश्व ब्यापी रुपमा यो भाइरसले आतंक सृजना गरेको छ । सबैको एकै मत हुन पनि सकेको छैन । हामिले लकडाउन गरेको आन्दोलनमा बन्द गरेको जस्तो होइन । ब्यक्ती ब्यक्ती बिचको दुरिलाइ मेन्टेन गर्न सक्नेहो भने बन्द नगरेपनी हुन्छ । तर आम नागरिकले त्यसो गर्न नसक्ने भएको ले लकडाउन गर्नु परेको हो । अहिले नै संक्रमण समुदायमा पुगिसकेको छैन । तरपनि कन्ट्र्याक ट्रेसिङ र संकास्पद लाई परिक्षण गर्ने कुरामा ढिलो गर्नु हुदैन । मन्त्रालय बाट काम गर्दा कतिपय प्राबिधिक समस्याले समयमा काम हुन नसकेपनी मन्त्रालय तदारुकताका साथ काम गरेको छ र कामले गति पनि लिएको छ । हामी हतोत्साहित नबनेर सबैको एकताका साथ कामलाई अगाडी बढाउनु पर्छ । मन्त्रालयमा पैसाको कमि पनि छैन । तपाईहरु जसरी लाग्नु भएको छ , यो ज्यादै राम्रो छ । अझै सबै सचेत नगारिकले स्वतस्फूर्त रुपमा हातोमालो गरेर अगाडी बढनु पर्छ । उहाको कथन थियो । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको सहजीकरणमा भएको कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासा् राख्नु भएकोे थियोे र त्यसको जबाफ पनि डाक्टर बिकास देबकोटाले दिनु भएको थियोे । कार्यक्रममा सहभागी दाङ जिल्ला उधोक बाणिज्य संघका अध्यक्ष नारायण भुसालले कतिपय काममा देखीएको ढिला सुस्ती र सरकारको कार्यसैली प्रती असहमति राख्दै आफ्नो कुरा राख्नु भएको थियोे । डाक्टर बिकास देबकोटाले विशेष गरी दाङको बारेमा कुरागर्दै तपाईं हरु जस्ता उर्जासिल युबाहरुले नितान्त जिल्लाको बिकास र राम्रो स्वास्थ्य उपचाको ब्यबस्थाका लाई अगुवाइ गर्नुस, मन्त्रालय बाट आफ्नो तर्फ बाट सकेको सहयोग गर्ने कुरा बताउनु भयो । उक्त कार्यक्रम गुगल मिट मार्फत अनलाइनमा भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]