०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा २लाख ८१ हजार बराबरको अवैध चल्ला नष्ट

Logo
प्रकाशित आइतबार, आषाढ ०७, २०७७

अजय मिश्र, कृष्णनगर, अषाढ ७
कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी बेदर्मी बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकी को आधार मा कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवा बाट २५ कार्टून प्रति कार्टून १५० चल्ला का दरले अन्दाजी ३७५० चल्ला बरामद गरेको छ। बरामद गरिएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगर पछाडि खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि लालमणि अर्याल, कृष्णनगर नगरपालिका प्रतिनिधि सुदिप प्रताप मौर्य ,प्रहरी, पत्रकार,आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य २ लाख ८१ हजार २५० रुपया सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका ले जानकारी दिएको छ।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!