११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

नेपाली काङ्ग्रेस बाराद्वारा सात वर्षपछि मात्रै बुहारीलाई अंगीकृत नागरिकता दिने प्रावधान बिरुद्ध प्रदर्शन

Logo
प्रकाशित आइतबार, आषाढ ०७, २०७७

राहुल गुप्ता बारा नेपाली कांग्रेस बाराले प्रस्तावित नागरिकता संशोधन बिरोध प्रदर्शनपछि कलैया भरत चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले विवाहको ७ वर्षपछि ल्याइएको विधेयकले बिदेशी बुहारीका छोरोछोरीलाई पढानपाउनु पर्ने नैसर्गिक अधिकारीमाथि दमन गर्ने खोजेको आरोप लगाउनुभयो। वहाँले भारतसंग रहेको रोटीबेटी सम्बन्धलाई विगार्दै कोरोना महामारीमा १० अर्बको हिसाब किताब सार्वजानिक नगरी भ्रष्टाचार गरेको आरोप लगाउनुभयो। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम पूर्व सांसद राधेचन्द्र यादवले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले विदेशी बुहारीलाई दु:ख दिने नियतले ल्याएको बताउनुभयो।
किसानहरुलाई सरकारले धान रोपाईको सिजनमा मलखाद्ध उपलब्ध गराउनुको साटो भष्ट्रचारमा लिप्त रहेको यादवले आरोप लगाउनु भयो। कोणसभामा पूर्वमन्त्री कलावती पासवान, क्षेत्रीय सभापति सुनिल गुप्ता, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, सचिव हरिन्द्र यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामि, नेबि संघका नेजामुद्दिन अंसारी, तरुण दल सचिव दिपेन्द्र पटेल, रामप्रवेश यादव, लगायतकाले नेकपा र सरकारको रवैयाप्रति असन्तुष्टि जनाउदै तताउने नेपाली कांग्रेस तयार रहेको र आन्दोलन गर्ने चेतावनी दिनुभयो। नेपाली कांग्रेस बाराका सभापति जय चन्द्र चौरसियाको सभापतित्वमा भएको कोणसभाको सञ्चालनमा नेपाल तरुणदल बारा अध्यक्ष लुकेश सिंहले संञचालन गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]