१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

कानुन बिपरित जाने जो कोहीलाई पनि कार्वाही हुन्छ एसपी:राना

Logo
प्रकाशित सोमबार, आषाढ ०८, २०७७

महेन्द्र सिंह
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले अपराधिक क्रियाकलाप उपर कानूनी कठोरता चालिने चेतावनी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मेवारी सम्हालेपछि सोमबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उहाँले अपराध नियन्त्रणका लागि बिवेकपूर्ण प्रहार गरिने चेतावनी दिनुभएको हो ।
१७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाहमा जोड दिइने प्रतिबद्धता जनाउनुभएको छ । खुल्ला सीमा नाकाबाट हुने सीमा अपराध, चोरी निकासी तथा पैठाी नियन्त्रण, घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, लुटपाट र कालोबजारी नियन्त्रण गर्ने पनि उहाँले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
संठगित अपराध तथा गुण्डागर्दी, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन गर्ने माथि निर्मम प्रहार गरिने एसपीका प्रतिबद्धता छन् । बाँकेमा लागु औषध दुव्र्यसनी तथा ओसारपसार चुनौतिका रुपमा रहेको भन्दै उहाँले त्यसको नियन्त्रणका लागि प्रहरी प्रतिबद्ध रहेको पनि उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सुनौली-बेलहिया भनेको नेपाल-भारतको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय नाका हो। दैनिक हजारौं पर्यटक, व्यापारी, एम्बुलेन्स, गाडी यही बाटोबाट जान्छन्। त्यस्तो नाकाको बाटो १ महिना “अलपत्र” पारेर राख्नु कुनै पनि हिसाबले उचित होइन। १ महिना सडक अलपत्र राख्दाको समस्या पर्यटकको छवि बिग्रिन्छ विदेशी पाहुनाले नेपाल छिर्नासाथै धुलो, खाल्डो, जाम भेट्छन्। “नेपाल आयो” भन्ने पहिलो अनुभूति नै […]

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

error: Content is protected !!