२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कानुन बिपरित जाने जो कोहीलाई पनि कार्वाही हुन्छ एसपी:राना

Logo
प्रकाशित सोमबार, आषाढ ०८, २०७७

महेन्द्र सिंह
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले अपराधिक क्रियाकलाप उपर कानूनी कठोरता चालिने चेतावनी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मेवारी सम्हालेपछि सोमबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उहाँले अपराध नियन्त्रणका लागि बिवेकपूर्ण प्रहार गरिने चेतावनी दिनुभएको हो ।
१७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाहमा जोड दिइने प्रतिबद्धता जनाउनुभएको छ । खुल्ला सीमा नाकाबाट हुने सीमा अपराध, चोरी निकासी तथा पैठाी नियन्त्रण, घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, लुटपाट र कालोबजारी नियन्त्रण गर्ने पनि उहाँले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
संठगित अपराध तथा गुण्डागर्दी, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन गर्ने माथि निर्मम प्रहार गरिने एसपीका प्रतिबद्धता छन् । बाँकेमा लागु औषध दुव्र्यसनी तथा ओसारपसार चुनौतिका रुपमा रहेको भन्दै उहाँले त्यसको नियन्त्रणका लागि प्रहरी प्रतिबद्ध रहेको पनि उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!