२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

चिनियाँ नाका हिल्सामा सशस्त्र प्रहरीको पहरा सीमा सुरक्षाका लागि खटिए

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

एबिसी संचार
सुर्खेत कर्णालीको एकमात्र अन्तरदेशिय चिनियाँ नाका हिल्सामा सशस्त्र प्रहरीले पहरा दिन थालेको छ । चीनसँग जोडिएको उत्तरी नाका हुम्लाको हिल्सामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको (बोर्डर आउट पोष्ट) बीओपी स्थापना गरिएको हो । बीओपी स्थापना भएसँगै सशस्त्रले सीमा क्षेत्रमा गस्ती बढाएको छ ।
देशभरका सीमा क्षेत्रमा बीओपी स्थापना गर्ने क्रम चलेसँगै कर्णालीमा पनि चीनसँग जोडिएको हिल्सा नाकामा बीओपी स्थापना गरिएको छ । बोर्डर आउट पोष्टको औपचारिक उद्घाटनसँगै सीमा सुरक्षाका लागि हिल्सा नाकामा सशस्त्र प्रहरी राखिएको हो । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रजाभक्त श्रेष्ठले शनिबार बीओपीको औपचारीक उद्धघाटन गरेका हुन् ।
नाम्खा गाउँपालिका-५ मा स्थापना भएको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा तत्काल पच्चीस जना सुरक्षाकर्मीको टोली कार्यरत रहेको छ । ‘बीओपीमा कार्यरत सशस्त्र प्रहरीले सीमा सुरक्षा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्न भुमिका खेल्नेछ,’ डिआइजी श्रेष्ठले भने, ‘बीओपीको पहिलो प्राथमिकता भनेको हिल्सा नाकाबाट नेपाल र चीन दुई देशविरुद्ध हुने गतिविधिमाथि निगरानी गर्नु हो ।’
सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म हुम्लाका प्रमुख डिएसपी मोहन बिष्टले हिल्सामा बीओपी स्थापनापछि नेपाली सेनाको स्काई ट्रकबाट सशस्त्र प्रहरीलाई हिल्ला पुर्याइएको छ । सिमकोटमा रहेको सशस्त्रको बस्दोबस्तीको सामान, खाद्यान्न र बीओपीका लागि खटिएका सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट हिल्सा लगिएको हो ।
बीओपी स्थापनाका लागि डिएसपी बिष्टको नेतृत्वमा दुई साता अघिदेखि हिल्सामा आवश्यक बन्दोबस्ती मिलाइएको थियो । कर्णाली प्रदेशको हुम्लामा मात्र चारवटा नाका चीनसँग जोडिएका छन् ।
जसमा नाम्खाको हिल्सा, नाम्खाको लाप्चा, सिमकोटको चुवाखोला र चंखेलीको टाँके हुन् । जसमा तत्काल टाँके र हिल्सामा बीओपी स्थापना गर्ने स्वीकृति भएको हो । हिल्सामा बीओपी स्थापना भएसँगै चंखेलीको टाँकेमा पनि स्थापना गर्ने तयारी भएको छ । हुम्लावासीले चारवटै नाकामा बीओपी स्थापना गर्न माग गरेका छन् ।
यसअघि नेपाल प्रहरीले हिल्सामा सिमा सुरक्षा दिँदै आएको थियो । तर शनिबारदेखि सशस्त्र प्रहरी बलको बीओपी स्थापना गरेर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले बताए । उनका अनुसार सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ । हिल्सामा बीओपी स्थापना भएकाले सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण हुने उनको भनाइ छ । अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]