२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

साउदी अरेबिया सरकारले गरेको निर्णय प्रसंसनीय: डा.अब्दुल गनि अल्कुफी

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७


कपिलवस्तु , अषाढ,९
साउदी अरेबियाले यो वर्ष अन्तर्राष्ट्रिय हज यात्रीहरूलाई प्रवेश नदिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्र स्थल मक्का–मदिनमा हज यात्रा गर्छन् ।हरेक वर्ष विश्वभरबाट लाखौँको संख्यामा मुस्लिमहरु हजका लागि साउदी पुग्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने भएको हो ।हाल साउदी अरेबियामै रहेका केही सीमित विदेशीहरुले भने हज यात्रा गर्न पाउने त्यहाँको हज मंत्रालय ले जनाएको छ । कोरोना भाइरस महामारी लाई नियन्त्रण गर्न मानवता र जनस्वास्थ्य लाई ध्यान मा राखेर साउदी अरेबिया सरकारले गरेको उक्त निर्णय स्वागतयोग्य र प्रशंसनीय रहेको कुरा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले बताएका छन्। मदरसा बोर्ड प्रदेश नं ५ का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले नेपाल बाट समेत यो बर्ष एक हजार पांच सय जना हज गर्न बाट बंचित हुने, एकैपटक लाखौ लाख को संख्या मा हज यात्रि लाई एकै ठाउमा जम्मा गर्नु सान्दर्भिक नरहेको, मुस्लिम समुदाय हज बाट वंचित हुदा दुख रहे पनि विश्व मा (COVID-19) कोरोना भाइरस महामारीको बाध्यता ले गर्दा यस्तो निर्णय को उच्च मूल्यांकन गर्दे सरहना गरे ।राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मौलाना जहीर अहमद बरेलवी, कृष्णनगर नगरपालिका नेकपा नगर कमिटी अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपाल का सल्लाहकार अब्दुल अजिज लगाएतले साउदी अरेबिया सरकार ले गरेको उक्त निर्णय स्वागतयोग्य रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!