२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इलाका प्रहरी कार्यालय बहादुरगंज द्वारा १ लाख बढीको कुखुरा बरामद

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

प्रिन्स मिश्रा , कृष्णनगर ।
इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य कुखुरा बरामद गरेको छ । इप्रका बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको १ लाख ३० हजार बराबरको अबैध कुखुरा बरामद गरेको हो ।
कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज चोकबाट अबैध कुखुरा बरामद गरि इप्रका बहादुरगंजको कंपाउंडमा नष्ट गरिएको इलाका प्रहरी कार्यलय बहादुरगंजका नायब निरीक्षक धर्म राज भंडारीले जानकारी दिएका छन ।
बरामद गरिएको कुखुरा कृष्णनगर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम मिलन चौधरी, प्रहरी, पत्रकार , सर्वसाधारण लगाएतको उपस्थितिमा नष्ट गरिएको छ।
बरामद कुखुरा १ लाख ३० हजार बराबरको रहेको इलाका प्रहरी कार्यालय बहादुरगंजले जानकारी दिएको छ । आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक धर्म राज भंडारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।