०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

दाङ प्रहरीलाई पिडान दाङद्वारा प्राथमिक उपचार बक्स वितरण

Logo
प्रकाशित बुधबार, आषाढ १०, २०७७

सागर थापा दाङ कोरोना भाईरस कोभिड १९ को उच्च जोखिम र संक्रमणका बिच पनि सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल औषधी थोक व्यवसायी संघ ५ नम्वर प्रादेशिक समिति दाङले जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी चौकीहरुलाई औषधी र सर्जिकल सामाग्री सहितको उच्च स्तरिय १७ थान प्राथमिक उपचार बक्सको साथै ५ लिटरको सेनिटाईजर हस्तान्तरण गरेको छ। संघका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले औषधी थोक व्यवसायी संघले सुरक्षाकर्मीहरुको स्वास्थ्य समस्या प्रति चासो राखेर प्राथमिक उपचार सामाग्री प्रदान गरेकोमा धन्यवाद दिनुभयो साथै उहाँले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दुबैको उदेश्य जनसेवा गर्ने नै भएको हुँदा दुबै पक्ष एक-अर्काको लागि सहयोगी हुनुपर्ने र आगामी दिनहरुमा समुदायमा देखापर्ने कुनै पनि महामारीका विरुद्ध समन्वय गरी कार्य सम्पादन गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभयो। संघका सचिव दिपेन्द्र न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दुबै पक्ष महामारी नियन्त्रणको अग्र पंक्तिमा सरिक हुने जनशक्ती भएको हुँदा एक आपसमा समन्वय गरेर काम गर्दा राम्रो हुने र प्राथमिक उपचार सामाग्री वितरण आजको सन्दर्भमा ज्यादै महत्वपूर्ण कार्य भएको बताउनुभयो। साथै उहाँले संघले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो। संघका अधिकांश पदाधिकारी र सदस्यहरुको उपस्तिथी रहेको कार्यक्रमको सहजिकरण महासचिव तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!