०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

दाङ प्रहरीले १८ घन्टा भित्र चोरीको सामग्रीसहित एक जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

सागर थापा दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ दुर्गा खत्रीको घरको किचन फोडी गाडी मर्मत गर्न प्रयोग गरिने ६ लाख मुल्य पर्ने जि–स्कानटु लेखेको ल्यापटपसहित चोरी गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका २ निवासी २४ को रमेश पुनलाई पक्राउ गरेको हो ।
प्रहरीले गाडीको सिसा तोडफोड गरी पेनड्राइपलगायतका सामग्री चोरी गरी भागेको भन्ने सूचनाका आधारमा खोजी गर्दा चोरलाई १८ घण्टाभित्रै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिएका छन ।
सामान चोरी भएको १८ घण्टाभित्रै चोरलाई पक्राउ गर्न सफल भएको समेत उनले बताए । पक्राउ परेका पुनलाई अपराध संिहता २०७४ को भाग २ परिच्छेद २० दफा २४१ चोरी गर्न नहुने कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान अगाडी बढाएको एसपी चंन्दले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!