२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

दाङ प्रहरीले भरुवा बन्दुक सहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

सागर थापा
जिल्ला प्रहरी कार्यालय दाङले दाङमा हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ लापे स्थित गंगाराम नेपालीको घरमा बस्दै आएका सोही ठाउँका २६ बर्षीय साजन नेपालीलाई पक्राउ गरिएको हो ।
लुकाई छिपाई राखेको भरुवा बन्दुक एक थान, कटुवा पेस्तोल एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा २१० थानसहित मंगलबार उनलाइ पक्राउ गरिएको हो । उनलाई मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद ६ दफा १३२ कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले प्रहरीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!