१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

सशस्त्र प्रहरी बाँकेले २ लाख ३५ हजारको अवैध सुर्तीजन्य पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले लकडाउनको समयमा भारतबाट अवैध रुपमा बाँकेमा भित्रीएका सामाग्रीलाई धामाधम बरामद गर्ने कार्य चुस्त बनाएको छ।
सशस्त्र प्रहरीले लकडाउनमा भारतबाट अवैैैध रुपमा भित्रिएका सुर्तीजन्य सामाग्री, काठ लगायत अन्य सामाग्रीलाई बरामद गरि सम्बन्धित कार्यालयमा आबश्यक कारबाहीका लागि समेत पठाउदै आएको छ।
बरामदी सिलसिलामै सशस्त्र प्रहरीले आज बिहान मात्रै फेरि डुडुवा गाउँपालिकाको वडा नम्बर १ को होलियाबाट अवैध रुपमा भारतबाट ल्याउदै सुर्तीजन्य सामाग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे राप्ती नदीको किनारबाट ७ जना भारतीय ब्यक्तिहरुले पैदल हिडेर ल्याउदै २ लाख ३५ हजार बराबरको अवैध सुपरपावर सुर्ती र बिडी बरामद गरेको हो।
भारतबाट बिहानी समयमा तस्करले बोकेर ल्याउदै गरेको अवस्थामा गस्ती गर्दै गरेको सशस्त्र प्रहरी गाडीलाई देखेपछि तस्करहरुले सुर्तीजन्य सामन छोडेर भारततर्फ भागेको सहायक निरीक्षक भाटले भने। बरामद गरेको सुपरपावर सुर्ती र बिडीलाई भन्सार कार्यालय बुझाइएको भाटले बताए। सशस्त्र प्रहरीले लकडाउनमा करिब १० लाख बराबरको अवैध सामाग्री बरामद गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

error: Content is protected !!