१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

लागूऔषध कारोबारको आशंंकामा जावलाखेलका प्रहरी निरीक्षक पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

एबिसी संचार
काठमाडौं लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा एक जना प्रहरी निरीक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन् । उनी ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत थिए ।लागूऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनले भनेका छन्, ।
‘हिजो पेप्सिकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दै जाँदा उहाँसम्म पुगेका हौं ।’ प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद गरेको थियो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पनि शाहीको विषयमा केही बुझ्नु पर्ने भनेर ब्युरोले भनेकाले पठाइएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!