३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

इलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछि अर्को सफलता

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

कृष्णनगर, अषाढ ११
कपिलवस्तु जिल्लाकाे दक्षिणी पश्चिम क्षेत्रमा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर ले भन्सार छलि चोरी निकासी गरि ल्याइएका, अवैध रुपमा चलाएका तथा वेवारिसे अवस्थामा रहेका सवारी साधन (मो.सा)हरु गस्ती टोली र चेकिङका क्रममा भेटिएका हुन् । यसरी पक्राउ परेका पांच थान अवैध (चोरी) को मोटरसाइकल भन्सार बुझाइएको छ ।ति मोटरसाइकल हरू इलाका प्रहरी कार्यालय कृष्णनगर को मताहत क्षेत्र मा विभिन्न समयमा फेला गरि भन्सार बुझाएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ ।इलाका प्रहरी कार्यालय कृष्णनगरले कोरोना संक्रमणको २ महिनाको तथ्यांकलाई हेर्दा भारतवाट नेपाल आएका हजारौं नेपालीहरुलाई आफ्नो गन्तव्य सम्म पुर्याउन सहजिकरण (रेष्क्यु) गरेको , कोरोना संक्रमण पोजेटिभ देखिएका थुप्रै जनालाई इ.प्र.का. कृष्णनगरको टोली र स्वयम् कार्यालय प्रमुख प्रताप पौडेल ले रेस्क्यू गरेका छन् भने अहोरात्र कोरोना संक्रमणवाट समाजलाई वचाउन सेवामा लागिरहेका छन्।(COVID-19) कोरोना भाइरस को जोखिम मा समेत इलाका प्रहरी कार्यालय को भुमिका सराहनीय रहदै आएको
स्थानीय ले बताएका छन् ।इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रमुखको जिम्मेवारी सम्हाले पछि प्रहरी निरिक्षक प्रताप पौडेल ले झण्डै ६ दर्जन जनचेतना मूलक कार्यक्रम विभिन्न संघ संस्था र नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको छ ।दशै, तिहार जस्ता चाड पर्वको बेला समेत लाखौं पर्ने पटखा इलाका प्रहरी कार्यालय कृष्णनगर ले नष्ट गरेको थियो ।लकडाउन को समयमा समेत सक्रिय रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले गुटखा, मदिरा, अवैध औषधि ,अवैध कुखुरा को चल्ला लगायत करिब ८ लाख ५० हजार बराबरको समान पछिल्लो समयमा नष्ट गरेको र लगभग ५ लाख बराखर को समान भन्सार पठाएको इलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछिको अर्को सफलता प्रष्ट देखिन्छ ।कृष्णनगर प्रहरीको यो महत्वपूृ्र्ण र उल्लेख्य कार्यप्रति स्थानीय वासीहरुले प्रहरी प्रतिको सम्मान व्यक्त गर्दै विभिन्न संघ, संस्था तथा निकायहरुवाट सम्मानित समेत भैसकेका छन्।
आफूहरू सधै राजस्व चुहावट, अवैध माल समान ओसार पसार नियन्त्रण गर्न सधै तत्पर रहेको समाजमा शान्ति सुरक्षा कायम राख्न आफूहरू सधै लागिरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!