२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

इलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछि अर्को सफलता

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

कृष्णनगर, अषाढ ११
कपिलवस्तु जिल्लाकाे दक्षिणी पश्चिम क्षेत्रमा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर ले भन्सार छलि चोरी निकासी गरि ल्याइएका, अवैध रुपमा चलाएका तथा वेवारिसे अवस्थामा रहेका सवारी साधन (मो.सा)हरु गस्ती टोली र चेकिङका क्रममा भेटिएका हुन् । यसरी पक्राउ परेका पांच थान अवैध (चोरी) को मोटरसाइकल भन्सार बुझाइएको छ ।ति मोटरसाइकल हरू इलाका प्रहरी कार्यालय कृष्णनगर को मताहत क्षेत्र मा विभिन्न समयमा फेला गरि भन्सार बुझाएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ ।इलाका प्रहरी कार्यालय कृष्णनगरले कोरोना संक्रमणको २ महिनाको तथ्यांकलाई हेर्दा भारतवाट नेपाल आएका हजारौं नेपालीहरुलाई आफ्नो गन्तव्य सम्म पुर्याउन सहजिकरण (रेष्क्यु) गरेको , कोरोना संक्रमण पोजेटिभ देखिएका थुप्रै जनालाई इ.प्र.का. कृष्णनगरको टोली र स्वयम् कार्यालय प्रमुख प्रताप पौडेल ले रेस्क्यू गरेका छन् भने अहोरात्र कोरोना संक्रमणवाट समाजलाई वचाउन सेवामा लागिरहेका छन्।(COVID-19) कोरोना भाइरस को जोखिम मा समेत इलाका प्रहरी कार्यालय को भुमिका सराहनीय रहदै आएको
स्थानीय ले बताएका छन् ।इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रमुखको जिम्मेवारी सम्हाले पछि प्रहरी निरिक्षक प्रताप पौडेल ले झण्डै ६ दर्जन जनचेतना मूलक कार्यक्रम विभिन्न संघ संस्था र नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको छ ।दशै, तिहार जस्ता चाड पर्वको बेला समेत लाखौं पर्ने पटखा इलाका प्रहरी कार्यालय कृष्णनगर ले नष्ट गरेको थियो ।लकडाउन को समयमा समेत सक्रिय रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले गुटखा, मदिरा, अवैध औषधि ,अवैध कुखुरा को चल्ला लगायत करिब ८ लाख ५० हजार बराबरको समान पछिल्लो समयमा नष्ट गरेको र लगभग ५ लाख बराखर को समान भन्सार पठाएको इलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछिको अर्को सफलता प्रष्ट देखिन्छ ।कृष्णनगर प्रहरीको यो महत्वपूृ्र्ण र उल्लेख्य कार्यप्रति स्थानीय वासीहरुले प्रहरी प्रतिको सम्मान व्यक्त गर्दै विभिन्न संघ, संस्था तथा निकायहरुवाट सम्मानित समेत भैसकेका छन्।
आफूहरू सधै राजस्व चुहावट, अवैध माल समान ओसार पसार नियन्त्रण गर्न सधै तत्पर रहेको समाजमा शान्ति सुरक्षा कायम राख्न आफूहरू सधै लागिरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!