२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेमा एसपी ओम राना आएपछि फरार अपराधीहरु धमाधम पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

महेन्द्र सिंह बाँके प्रहरीले ठूल्ठूला मुद्दाका फरार अपराधीलाई पक्राउ गर्ने अभियान चलाएको छ ।
त्यसक्रममा बिहीबार ब्राउनसुगरका डिलर, अपहरण, शरीर बन्धक र जबरजस्ती करणीका अभियुक्तलाई पक्राउ गरेको छ ।
अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र अपराधिक लाभ मुद्दामा फरार रहेका वनकट्टीका बब्बरी खाँ पठानलाई प्रहरीले पक्राउ गरेको छ । पठानको विरुद्धमा तीन वटा मुद्दा रहेको छ । त्यस्तै, जयसपुरका रेशमा खानलाई पनि प्रहरीले बिहीबार नै पक्राउ गरेको छ । उनी ब्राउनसुगरको डिलर भएको प्रहरीको दावी छ ।
त्यसअघि प्रहरीले भगेलु कलवार र राजेश यादवलाई पक्राउ गरेको थियो । कलवार १८ किलो पाँच सय ग्राम अफिमका फरार हुन् । राजेश यादव हत्या, अपहरण, विष्फोट, फिरौती असुलीलगायत ९ वटा मुद्दा रहेका व्यक्ति हुन् ।
बाँकेमा नयाँ प्रहरी प्रमुख एसपी ओम राना आएपछि फरार अपराधी पक्राउ गर्ने अभियान चलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]