०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

रुकुम कारागारमा कैदीहरु धेरै भए पछी २५ जनालाई दाङ पठाइयो

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

सागर थापा
रुकुमको पश्चिम कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भएपछि केही कैदीलाई बाहिरी जिल्लाका कारागारहरूमा स्थान्तरण गरिएको छ। २० पुरुष र ५ महिला गरी जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा मंगलबारसम्म १ सय बढी कैदीबन्दीहरू थिए।
क्षमताभन्दा बढी कैदीबन्दीहरू भएर जसोतसो व्यवस्थापन भइरहेको भए पनि एकैपटक बुधबार कारागारमा २४ जना थपिएपछि त्यहाँ रहेका २५ जनालाई दाङ तुल्सीपुर कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
एकैदिन थपिएका २४ जना रुकुम चौरजहारी घटनाका प्रतिबादीहरु मुद्धा पुर्पक्षका लागि कारागार चलान भएकाहरू हुन्। जिल्ला कारागारमा कैदीबन्दीहरुको संख्या बढेर व्यवस्थापनमा समस्या भएपछि बेलाबेला स्थान्तरण पनि हुँदै आएको छ। तर अधिकांश कैदीबन्दीहरु स्थानीय भएका कारण परिवारजनहरूसँग भेटघाटको लागि जिल्ला कारागारमा नै बस्न रुचाउने गरेका छन्। कैदीबन्दी धेरै हुँदा एउटै बेडमा धेरै जना कैदीबन्दीहरु कोचिएर सुत्नुपर्ने सम्मको समस्या पनि छ।
रुकुम पूर्व नयाँ जिल्ला बनेपछि झनै कैदीबन्दी थपिएका छन्। जिल्ला प्रहरी कार्यालय स्थापना भएपछि प्रहरी सक्रियतासँगै रुकुम पूर्वबाट पनि ठूलो मात्रामा कैदीबन्दीहरु रुकुम पश्चिम कारागारमा आउने गरेका छन्। रुकुम पूर्बमा जिल्ला कारागार नभएका कारण अदालतबाट कैद फैसला तथा पुर्पक्ष भएका कैदीबन्दीहरु रुकुम पश्चिम कारागारमा नै पठाइने गरिएको छ। जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुमा लागु औषध उत्पादन, प्रयोग र बिक्री वितरण मुद्दाका धेरै छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!