२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रुकुम कारागारमा कैदीहरु धेरै भए पछी २५ जनालाई दाङ पठाइयो

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

सागर थापा
रुकुमको पश्चिम कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भएपछि केही कैदीलाई बाहिरी जिल्लाका कारागारहरूमा स्थान्तरण गरिएको छ। २० पुरुष र ५ महिला गरी जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा मंगलबारसम्म १ सय बढी कैदीबन्दीहरू थिए।
क्षमताभन्दा बढी कैदीबन्दीहरू भएर जसोतसो व्यवस्थापन भइरहेको भए पनि एकैपटक बुधबार कारागारमा २४ जना थपिएपछि त्यहाँ रहेका २५ जनालाई दाङ तुल्सीपुर कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
एकैदिन थपिएका २४ जना रुकुम चौरजहारी घटनाका प्रतिबादीहरु मुद्धा पुर्पक्षका लागि कारागार चलान भएकाहरू हुन्। जिल्ला कारागारमा कैदीबन्दीहरुको संख्या बढेर व्यवस्थापनमा समस्या भएपछि बेलाबेला स्थान्तरण पनि हुँदै आएको छ। तर अधिकांश कैदीबन्दीहरु स्थानीय भएका कारण परिवारजनहरूसँग भेटघाटको लागि जिल्ला कारागारमा नै बस्न रुचाउने गरेका छन्। कैदीबन्दी धेरै हुँदा एउटै बेडमा धेरै जना कैदीबन्दीहरु कोचिएर सुत्नुपर्ने सम्मको समस्या पनि छ।
रुकुम पूर्व नयाँ जिल्ला बनेपछि झनै कैदीबन्दी थपिएका छन्। जिल्ला प्रहरी कार्यालय स्थापना भएपछि प्रहरी सक्रियतासँगै रुकुम पूर्वबाट पनि ठूलो मात्रामा कैदीबन्दीहरु रुकुम पश्चिम कारागारमा आउने गरेका छन्। रुकुम पूर्बमा जिल्ला कारागार नभएका कारण अदालतबाट कैद फैसला तथा पुर्पक्ष भएका कैदीबन्दीहरु रुकुम पश्चिम कारागारमा नै पठाइने गरिएको छ। जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुमा लागु औषध उत्पादन, प्रयोग र बिक्री वितरण मुद्दाका धेरै छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!