३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

पत्रकार प्रियासनको गीतमा प्रताप मनोज बेबोले अभिनय गरेको भिडियो रिलिज

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

सागर थापा
दाङका पत्रकार एवं साहित्यकार सविन प्रियासनले आफ्नो पाँचौ गीत युट्युबमा सार्वजनिक गरेका छन् । शूत्र टिभिको युट्युबमा रिलिज गरिएको उक्त भिडियोलाई दर्शक श्रोताले पहिलो चरणमै अत्यधिक रुचाएका छन् । चर्चित गायक प्रताप दास र स्वच्छा ठकुरीको स्वर रहेको ‘मेरै सपना’ बोलको उक्त गीतलाई चर्चित सँगीतकार पुरुषोत्तम न्यौपानेले सँगीत गर्नुभएको हो ।
एप्लस स्टूडियोमा रेकर्डिङ, मिक्सिङ गरिएको गीतमा साजन शाह र नरेश बिबिसिले रेकडिष्टको भूमिका निर्वाह गर्नुभएको छ । भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियोमा मोडलहरु बेबो आचार्य, मनोज वली, सुदीप प्रजापतिलगायतकाले अभिनय गर्नुभएको छ । प्रेम कथामा आधारित उक्त भिडियोको निर्देशन अमृत शाही ठकुरीले गर्नुभएको हो ।
रेज्याक खड्काले सहनिर्देशन गर्नु भएको उक्त भिडियोलाई क्यामराम्यान नरेश ऐर र ड्रोनबाट सन्तोष महराले छायांकन गर्नुभएको हो । छायांकनकाक्रममा बिनिता पुरीले मेकअपको काम गर्नु भएको उक्त भिडियोको इडिटिङको काम अनामनगर स्थित ह्वाइट मिडियाले गरेको हो । ह्वाइट मिडियाका शक्ति प्रज्ज्वल घिमिरे र बिरबहादुर थारुले इडिट तथा कलरिङ गर्नुभएको भिडियो । मर्मस्पर्शी गीत, शव्द, सँगीत र भिडियोमा समेत प्रेम कथा समावेश गरिएकाले भिडियो उत्कृष्ट बनेको निर्माण टिमको भनाइँ छ ।
करिव पाँच मिनेटको उक्त भिडियोमा फोरके क्यामरा, ड्रोनको प्रयोग गरिएको छ । भिडियोमा दुईवटा गाडीहरुको समेत प्रयोगले भिडियोको क्वालेटी बढाउने काम गरेको छ । कथा, गीत अनि शव्द अनुसार ऋंगार र पोशाकहरुको पनि प्रयोग गरेर भिडियोलाई उच्च क्वालेटीको बनाउन खोजिएको छ । दर्जनौ भिडियोमा कलाकारकारुपमा काम गर्नुभएका मनोज वली, बेबो आचार्य, सुदीप प्रजापतिको दमदार अभिनयले भिडियोले दर्शकको मन तान्न सक्ने विश्वास निर्माण टिमको छ ।
भिडियोमा श्याम कृष्ण प्रजापति, आशिष घिमिरे, सविता अधिकारी, निर्मल रोकाको पनि बेजोड अभिनय रहेको छ । शव्द र सँगीत अनुसार गायकगायीकाले पनि गीत गाएकाले उक्त गीतले धेरै दर्शक श्रोताको ओँठमा झुण्डिने विश्वास प्रियासनको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!