०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

पत्रकार प्रियासनको गीतमा प्रताप मनोज बेबोले अभिनय गरेको भिडियो रिलिज

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

सागर थापा
दाङका पत्रकार एवं साहित्यकार सविन प्रियासनले आफ्नो पाँचौ गीत युट्युबमा सार्वजनिक गरेका छन् । शूत्र टिभिको युट्युबमा रिलिज गरिएको उक्त भिडियोलाई दर्शक श्रोताले पहिलो चरणमै अत्यधिक रुचाएका छन् । चर्चित गायक प्रताप दास र स्वच्छा ठकुरीको स्वर रहेको ‘मेरै सपना’ बोलको उक्त गीतलाई चर्चित सँगीतकार पुरुषोत्तम न्यौपानेले सँगीत गर्नुभएको हो ।
एप्लस स्टूडियोमा रेकर्डिङ, मिक्सिङ गरिएको गीतमा साजन शाह र नरेश बिबिसिले रेकडिष्टको भूमिका निर्वाह गर्नुभएको छ । भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियोमा मोडलहरु बेबो आचार्य, मनोज वली, सुदीप प्रजापतिलगायतकाले अभिनय गर्नुभएको छ । प्रेम कथामा आधारित उक्त भिडियोको निर्देशन अमृत शाही ठकुरीले गर्नुभएको हो ।
रेज्याक खड्काले सहनिर्देशन गर्नु भएको उक्त भिडियोलाई क्यामराम्यान नरेश ऐर र ड्रोनबाट सन्तोष महराले छायांकन गर्नुभएको हो । छायांकनकाक्रममा बिनिता पुरीले मेकअपको काम गर्नु भएको उक्त भिडियोको इडिटिङको काम अनामनगर स्थित ह्वाइट मिडियाले गरेको हो । ह्वाइट मिडियाका शक्ति प्रज्ज्वल घिमिरे र बिरबहादुर थारुले इडिट तथा कलरिङ गर्नुभएको भिडियो । मर्मस्पर्शी गीत, शव्द, सँगीत र भिडियोमा समेत प्रेम कथा समावेश गरिएकाले भिडियो उत्कृष्ट बनेको निर्माण टिमको भनाइँ छ ।
करिव पाँच मिनेटको उक्त भिडियोमा फोरके क्यामरा, ड्रोनको प्रयोग गरिएको छ । भिडियोमा दुईवटा गाडीहरुको समेत प्रयोगले भिडियोको क्वालेटी बढाउने काम गरेको छ । कथा, गीत अनि शव्द अनुसार ऋंगार र पोशाकहरुको पनि प्रयोग गरेर भिडियोलाई उच्च क्वालेटीको बनाउन खोजिएको छ । दर्जनौ भिडियोमा कलाकारकारुपमा काम गर्नुभएका मनोज वली, बेबो आचार्य, सुदीप प्रजापतिको दमदार अभिनयले भिडियोले दर्शकको मन तान्न सक्ने विश्वास निर्माण टिमको छ ।
भिडियोमा श्याम कृष्ण प्रजापति, आशिष घिमिरे, सविता अधिकारी, निर्मल रोकाको पनि बेजोड अभिनय रहेको छ । शव्द र सँगीत अनुसार गायकगायीकाले पनि गीत गाएकाले उक्त गीतले धेरै दर्शक श्रोताको ओँठमा झुण्डिने विश्वास प्रियासनको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । कारागारमा बेहोस भेटिएका कैदीको मृत्यु भएको छ। सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारले जनाएको छ। बैंकिङ कसुरका आरोपी पाली सोमबार राति अचेत अवस्थामा भेटिएका थिए। लगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। […]

दाङ । घोराही मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालय काठमाण्डौको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको आतिथ्यता एवं मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालयका प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत समेतमा […]

आज २०८२ साल असार ४ गते बुधबार। असार कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन १८ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : दिन राम्रो छ। काममा उत्साह बढ्ने छ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। […]

error: Content is protected !!