२७ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

DIG सिंहले हुण्डी कारोबारीलाई सघाउने ३ प्रहरी निलम्बन गरे

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

सागर थापा प्रदेश २ प्रहरी कार्यालय जनकपुरले ३ जना प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र सोही चौकीमा कार्यरत प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको हो ।
उनीहरुले वित्तीय अपराध (हुण्डी) मा संग्लन व्यक्तिलाई सहयोग गरेको पाइएकाले निलम्बन गरिएको प्रदेश–२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिहंले जानकारी दिए । यस्तै प्रहरी चौकी ब्रह्मपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक संजिवकुमार झालाई आचरण विपरीत काम गरेको भन्दै निलम्बन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । देशभरबाट कैदीबन्दीले टीका लगाएको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले भने, “दुई सय ३७ जना आफन्तजनले कैदी बन्दीसँग भेट गर्दै दसैँ मनाएका छन् । दसैँ मनाउन पाउँदा कैदी बन्दी खुसी भएका छन् ।’’ विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गरे […]

भन्सार अगाडिको ब्यारियर जमुनाहा नाकामा सारिए पछि स्थानीयलाई रातिको समयमा आवागमनमा सहज बाँके । नेपालगन्जस्थित पुरानो भन्सार कार्यालय अगाडि रहेको ब्यारियर राति १० बजेपछि बन्द गरिंदा जमुनाहा नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातिको समयमा नेपालभित्रै आवागमन गर्न समस्या भएको थियो । भन्सार कार्यालय नयाँ निर्माण गरिएको आइसीपीमा सारिसकिएको हुँदा स्थानीयको मागलाई […]

  बाँके । विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको १०औँ दिन शनिबार दिउँसो भव्य मेलामा रावण बध गर्न लागिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो । उहाँले यस वर्ष आयोजना गरिएको १५७ औँ रामलिला महा महोत्सवमा शनिबार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको बताउनुभयो । अध्यक्ष कनोडियाका अनुसार रामलिला सञ्चालक समितिद्वारा आयोजित महामहोत्सव […]

error: Content is protected !!