०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ बनाउछु बाँके एसपी: राना

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

सागर थापा/महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खर सरुवा भई आएका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि नागरिक र प्रहरीको समन्वयात्मक भुमिका आवश्यक पर्ने बताएका छन् ।
बाँके प्रहरी प्रमुख एसपी रानाले जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा एबिसी संचार खबर 24 नेपाल लगाएत मिडियाहरु सङ कुराकानी गर्दै शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायतका हिंशात्मक गतिविधिमा जनताले शान्ति सुरक्षाको अनुभुति हुने गरि काम गर्ने वताए ।
जिल्लामा हुने सबैखाले सुरक्षा चुनौतीको समाधानका लागि सबैको सकरात्मक सहयोग हुनुपर्ने बताउदै, जिल्लाका सबै खाले समस्या समाधान लगायत प्रहरी निकायबाट हुने कमीकमजोरीमा समेत आफु जिम्मेवारी पुर्बक भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बाँके जिल्लाको विगतको अपराधिक तथ्याङ्क हेर्दा एकातिर बलात्कार, ज्यान, लागूऔषध चोरी घरेलु हिंसा जस्ता परम्परागत अपराधहरूको चुनौतीहरु विद्यमान रहेको वताउदै प्रहरी प्रमुख एसपी रानाले त्यसको न्यूनिकरणको लागि नागरीकका सचेतनाको आवश्यकता देखिएको बताएका छन् । प्रहरीले काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छ, उनले भने, ‘प्रहरी गलत दिशामा लाग्न खोज्यो भने खवरदारी गर्ने काम संचारमाध्यमको हुनुपर्दछ ।’
प्रहरी प्रशासनको एक्लो प्रयासले मात्र अपराध क्रियाकलापहरु रोक्न नसकिने बताउदै त्यसका लागि समुदायको सहयोग पनि अपरिहार्य हुने कुरामा जोड दिए। जनताको काम छिटो र छरितो गर्ने मातहतका सबै युनिटलाई निर्देशन गरेको जानकारी दिंदै कुनै पनि बहनामा सेवाग्राहीको कामकाज रोकिन नदिने बाँकेमा गुन्डागर्दी, तस्करी, लागूऔषध, नदिजन्य,लगाएत सबैको लिस्ट तयार पार्दै कुनैपनि घटना भए 9858055555 मा फोन गर्न बाँके प्रहरी प्रमुख एसपी रानाले आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]

error: Content is protected !!