०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

काठमाडौंबाट बाहिर सवारी पासको लागि नयाँ नियम लागु

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

एबिसी संचार
काठमाडौं प्रशासनले उपत्यका बाहिर जादाँ लिनुपर्ने सवारी पासको ढाँचा परिवर्तन गरेको छ।
अबदेखि निवेदकले जिल्ला प्रशासन कार्यलयको ढाँचा अनुसार निवदेन दिनुपर्ने भएको छ।
ढाँचामा उल्लेख भए बमोजिम यात्रुहरूको नाम, उमेर, सम्पर्क नम्बर लगायतका सबै विवरण भर्नुपर्ने भएको छ।
कार्यालयले यो ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदन दिन सक्ने जनाएको छ। यस्तो ढाँचा पसलहरुले बेच्न चाहे ५ रुपैंया भन्दा बढि नलिन प्रशासनले जनाएको छ।
निवेदनका साथमा जानु पर्ने ठाँउ समेत खुलाउनुपर्ने छ। स्थानीय तहको सिफारिश तथा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत निवेदनसँगै राख्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
लकडाउन खुकुलो भएसँगै पछिल्लो समय काठमाडौं उपत्यकामा आउँने र बाहिरिनेको संख्या बढ्दो छ। गृहमन्त्रालयले हालै उपत्यका प्रवेशमा समेत कडाई गरेकोछ।
उपत्यकामा विशेष काम परेर आउन चाहनेले १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने सर्त राखिएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

काठमाडौं । भारतको कुख्यात कमाठीपुरा रेडलाइट एरियाबाट उद्धार गरिएका १२८ जना नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड सुपरस्टार सुनील सेट्टीको महत्वपूर्ण भूमिका रहेको तथ्य २९ वर्षपछि सार्वजनिक भएको छ। शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार सन् १९९६ फेब्रुअरीमा भारतको महाराष्ट्र प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मारेर ४५६ महिलाको उद्धार गरेको थियो। तीमध्ये सयभन्दा बढी नेपाली महिलाहरू थिए। […]

error: Content is protected !!