०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

एबिसी संचार
काठमाडौं महानगरपलिका-१४ बाफल स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं बालाजु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानामा महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखा कालिमाटीबाट खटिएको संयुक्त प्रहरीले प्रदेश ३-०२-००५ प ३६०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बाँनिया सहित ६ जनाले एक्कासी प्रहरी टोलीमाथि मदिराको बोतलले आक्रमण गर्न खोज्दै अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दुई थान मोटरसाइकल, २ थान स्कुटर र मदिराको बोतल ४ थान समेत प्रहरीले बरामद गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ। वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ। मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

error: Content is protected !!