०८ जेठ २०८२, बुधबार
21-05-2025 , Wed
×

दाङमा आइतबार मात्र ३४ जना कोरोना संक्रमित थपिए

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

एबिसी संचार
दाङमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा २७ पुरुष र ७ महिला गरि ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
जसमा बंगलाचुली गाउँपालिकाका १४ जना, राप्ती गाउँपालिकाका ८ जना, तुलसीपुर उपमहानगरपालिकाका ७ जना र घोराही उपमहानगरपालिकाका ५ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ५ सय १० पुगेको छ ।
प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा कपिलबस्तुका ५ जना पुरुष र रोल्पाका एक पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रतिष्ठानमा अझै एक हजार ६४ जनाको स्वाब परिक्षण हुन बाँकी छ । वितेको २४ घण्टामा प्रतिष्ठानमा ६ सय ७ जनाको स्वाब परिक्षण गर्दा दाङ, कपिलबस्तु र रोल्पाको गरि ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बढुवा समितिद्वारा सिफारिस गरिएको ११ जनाको सूचीप्रति गम्भीर आपत्ति जनाउँदै युवराज सफलले सूचीमा परेका एसएसपी दिपक रेग्मीको बढुवा निर्णय खारेज गर्न माग गरेका छन् । उनले रेग्मीको बढुवा निर्णय खारेजीको माग गर्दै आज बुधबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् । सफलले डीआईजी बढुवाको सूची नं. ४ मा परेका रेग्मीले आफ्नो कार्यकालमा अनैतिक र […]

धनगढी । कैलालीको गोदावरी नगरपालिका-१ मा सडकमा व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुत्केरी गराउने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जानेगरी पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् । राणाले प्रहरी चौकी खैरानामा […]

रुकुमपुर्व । जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता बारे धारणा राख्नुभयो। उहाँले अभियानको उद्देश्य जनताको विश्वास […]

error: Content is protected !!